कार्तिक २६, २०८२ बुधबार | २०:०१:५१
ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर

दावा र मनीषले तेजुका कप विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालको सहभागिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।

नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा नेपालको सहभागिता बारे जानकारी गरायो ।

संघका अध्यक्ष दमन बस्नेतले फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिताको कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ । नेपालको खेल फुकुवोकामा हुनेछ ।

अफिसियलमा अध्यक्ष बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन् । अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । टोली फागुन ६ गते जापान जानेछ ।

संघका अध्यक्ष बस्नेतका अनुसार यी दुई खेलाडीले प्रतियोगिताका लागि आठ महिनादेखि विशेष प्रशिक्षण लिइरहेका छन् ।

‘आर्थिक सीमितताका कारण हामी केवल दुई खेलाडी मात्र पठाउन सक्षम छौं, तर अन्य खेलजस्तै खेलाडीले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने अवस्था छैन’, बस्नेतले भने ।

उनले गत वर्ष सेप्टेम्बर १३ मा सम्पन्न छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको पनि जानकारी दिए ।

प्रतियोगितामा २५ देशका ८०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder