फाल्गुन ५, २०८२ मंगलबार | ०८:५६:४३
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

एन्फाको चुनावी कार्यक्रम स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको अर्ली इलेक्सनका सबै प्रक्रिया निर्वाचन समितिले स्थगित गरेको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका आधारमा निर्वाचनका सबैखाले प्रक्रिया अनिश्चित कालका लागि रोकिएको निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले मंगलबार जनाएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को मिति २०८२–१०–२८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धमा श्री उच्च अदालत पाटनबाट मिति २०८२–१०–०४ गते निर्वाचन सम्बन्धि प्रकृया यथास्थितीमा राख्नु भनि जारी भएको अन्तरिम आदेशको म्याद सूचना मिति २०८२–१०–०६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले मिति २०८२–१०–०६ गतेदेखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,’ निर्वाचन समितिका सदस्यसचिव ओलीद्धारा मंगलबार जारी सूचनामा भनिएको छ ।

आगामी २०८३ असार ४ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ गते झापामा अर्ली इलेक्सन गर्ने निर्णय गरेको थियो ।

चार वर्षअघि पंकज विक्रम नेम्वाडको अध्यक्षतामा प्यानल नै निर्वाचित भए पनि केही दिनमै आपसमा फुट आएपछि उनको कार्यकाल सुरुदेखि नै आन्तरिक विवाद र शक्ति संघर्षका कारण संकटमा छ । जसका कारण मैदानमा फुटबलका गतिविधि सुन्य छन् भने एन्फा नेतृत्व चर्को आलोचनाबीच घेरिएको छ ।

यही कारण एन्फा नेतृत्वले जिल्ला फुटबल संघको नयाँ निर्वाचन नगरि पुरानै प्रतिनिधिबाट चुनाव गराएर आगामी चार वर्षका लागि अनुमोदित हुने योजना बनाएको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र अदालतले जिल्लाको चुनाव नगरि केन्द्रिय निर्वाचन गर्ने एन्फाको योजनामा तगारो हाले पनि नेतृत्वले भने त्यसलाई अटेर गर्दै चुनावी प्रक्रिया एकलौटी तरिकाले अगाडि बढाइरहेको छ ।

सरोकारवालाहरुको विरोधपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पहिला जिल्लाको चुनाव गराएपछि मात्र केन्द्रिय निर्वाचन गराउनु भनेर निर्देशन दिएको थियो ।

तर एन्फाले राखेपको निर्देशन समेत अटेर गरेपछि गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले गएको पुष २५ गते पाटन उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

२०७९ सालमा जिल्लाको चुनावबाट चार वर्षका लागि केन्द्रिय साधारणसभामा प्रतिनिधित्वको अधिकार लिएका प्रतिनिधिलाई आगामी कार्यकालका लागि समेत मताधिकार दिँदा आफ्नो अधिकार बञ्चित भएको जिकिरका साथ एन्फाको माघ २८ मा हुने भनिएको चुनाव रोक्ने माग गर्दै खत्रीले मुद्धा दायर गरेका थिए ।

खत्रीको मुद्धामाथि सुनुवाई गर्ने क्रममा पाटन उच्च अदालतले पुष २८ गते अन्तरकालिन अन्तरिम आदेश जारी गर्दै चुनावी प्रक्रिया स्थगन गरेको थियो ।

सुरुमा अदालतको म्याद बुझ्न अस्विकार गर्दै गरे पनि महासचिव किरण राईले पुष ३० गते पत्र बुझेका थिए । तथापि एन्फाले निर्वाचनका कार्यक्रमहरु भने सुचारु नै गरेको थियो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्यद्धय रुपेश अधिकारी र रविन्द्र चन्दले पनि उच्च अदालतमा निर्वाचन समितिलाई समेत विपक्षी बनाएर मुद्धा दायर गरेका थिए ।

एन्फा पदाधिकारीहरुकै मुद्धामा पनि सुनुवाई गर्ने क्रममा उच्च अदालतले माघ ४ गते निर्वाचनका कार्यक्रम तत्काललाई रोक्न आदेश दिएको थियो । अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषदको निर्देशनलाई अटेर गर्दै चुनावी प्रक्रिया एकलौटी रुपमा अगाडि बढाउने क्रममा एन्फाले माघ ३ गते उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न गरेको थियो । जहाँ वर्तमान अध्यक्ष नेम्वाङ र वर्तमान उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

अमित खत्रीको मुद्धामा प्रारम्भिक सुनुवाई गर्ने क्रममा अदालतले निर्वाचनका सबै प्रक्रिया तत्काल स्थगत गर्दै छलफलका लागि एन्फालाई माघ ६ गते (आज मंगलबार) बोलाएको थियो ।

खत्रीको मुद्धामा अदालतले माघ ११ गतेसम्मका लागि सुनुवाई स्थगित गरेको थियो । निर्वाचन समितिलाई नै विपक्षी बनाएकोले निर्वाचन समितिले मानहानी बेहोर्नुपर्ने भयले गर्दा निर्वाचन कार्यक्रम स्थगित गरेको एन्फाका एक पदाधिकारीले खेलाडी डटकमलाई बताए । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL