माघ ६, २०८२ मंगलबार | १७:००:००
साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो

काठमाडौं । तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले साफ फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग दूर्भाग्यजनक बराबरी खेलेको छ ।

मंगलबार बैंककको नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपालले पाकिस्तानसँग दुईपटक तीन गोलको अग्रता लिएको थियो । अन्त्यमा खेल ४–४ को बराबरीमा टुंगियो । एकसमय ३–० ले अगाडि रहेको नेपाल अर्कोपटक ४–१ को अग्रतामा थियो । तर, पाकिस्तानले चार मिनेटमा तीन गोल गर्दै नेपालसँग एक अंक खोस्यो ।

बराबरीसँगै नेपालको उपाधि अभियान कठिन मोडमा आइपुगेको छ । अब उपाधिका लागि नेपालले बाँकी तीन खेल जित्नुपर्ने छ नै, अन्य टोलीको नतिजमा पनि भर पर्नुपर्नेछ । तीन खेलमा पाँच अंक जोड्दै नेपाल हाल अंकतालिकाको तेस्रो स्थानमा छ । अघिल्लो खेलमा पनि अन्तिम साढे एक सेकेन्ड आफूलाई सम्हाल्न नसक्दा नेपालले भारतलाई एक अंक उपहार दिएको थियो । पाकिस्तानको यो पहिलो बराबरी हो । चार खेलमा पाकिस्तान सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

दिनको दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्ने तालिका छ । भारतलाई हराए माल्दिभ्सले नेपाललाई शीर्ष स्थानमा चार अंकले उछिन्नेछ ।

नेपालले खेलको ३५ सेकेन्डमै अग्रता लिएको थियो । कप्तान विजयी श्रेष्ठको पासमा विक्रान्त नरसिंह रानाले लेफ्ट फुटेड सुन्दर गोल गरेका थिए । विक्रान्तले प्रहार गरेको बल कप्तान मोहम्मद हस्सन जफर खानसँग डिफ्लेक्ट हुँदै जाली चुमेको थियो ।

निर्धारित हाफको अन्तिम मिनेट विक्रान्तले दोस्रो गोल गरे । यसपाली पनि गोलमा विजयीको योगदान रह्यो । विजयीको प्रहार पोस्टमा ठोक्किँदै फर्किएको थियो । नेपालको अग्रता दोब्बर बनाउन गोल स्कोरिङ पोजिसनमा रहेका विक्रान्तलाई मात्र ‘वान टच’ आवश्यक रह्यो ।

खेलको २५औं मिनेटमा निसार हुसेनको अनियन्त्रित बलको फाइदा उठाउँदै जेनिस प्रजापतिले सानदार गोल गरे । नेपालले तीन गोलको अग्रता लियो । तर, एक मिनेटपछि नै पाकिस्तानले पहिलो गोल गर्यो । निसारले आफूलाई ‘रिडिम’ गरे । उनको पासमा मोहम्मद इल्हामले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए ।

नेपालको चौथो गोलमा फेरि एकपटक विजयीको संलग्नता रह्यो । ३३औं मिनेटमा उनको पासमा सुरज गुरुङले गोल गरे । यसपछि चार मिनेटमा पाकिस्तानले तीन गोल फर्काएको हो ।

सुरजको गोलमा नेपालले खुसी मनाएको एक मिनेट पनि बित्न नपाउँदै निसार हुसेनले खेललाई ४–२ को स्थितिमा पुर्याए । लगत्तैको मिनेटमा आसिफ अहमद चौधरीले गोल गरे । त्यसपछि ३७औं मिनेटमा कप्तान जफर खानले चौथो गोल गरे ।

नेपालले बिहीबार आफ्नो चौथो खेलमा माल्दिभ्ससँग खेल्नेछ । सोही दिन पाकिस्तानले बंगलादेशसँग खेल्ने तालिका छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate