काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हारसँगै नेपालको उपाधि सम्भावना न्युन बनेको छ ।
सोमबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनमा सम्पन्न दिनको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० ले हरायो ।
बंगलादेशका लागि सवीना खातुन, कृष्ण रानी सरकार र लिपी अख्तरले गोल गरे । जितसँगै बंगलादेश तीन खेलमा सात अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो ।
अघिल्लो खेलमा भारतसँग ८–१ को फराकिलो पराजय बेहोरेको नेपाल चार खेलमा चार अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ ।
दिनको दोस्रो खेलमा भुटानले श्रीलंकाको सामना गर्नेछ । तेस्रो खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
