माघ ३, २०८२ शनिबार | १८:२३:१४
एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो

एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापामा हुने तय भएको चुनावी साधारणसभामा दुई समूह प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

उच्च अदालत पाटन र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई वेवास्ता विपरित दुई समूहमा निर्वाचनमा होमिने पक्का भएको हो ।

मनोनयनको अन्तिम दिन (शनिबार) दीर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनले आफ्नो समूह नै बनाएर अगाडी बढेका छन् । उनले अदालत र राखेपको निर्देशन विपरित बाध्य भएर अध्यक्षमा उम्मेदवारी दिन परेको बताएका छन् ।

यता, वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले यसअघि नै अध्यक्षमा दोहोरिने गरी उम्मेदवारी दिइसकेका छन् । उनले वर्तमान कार्यसमितिका पदाधिकारीलाई नै आफ्नो टिममा समेटेका छन् ।

शनिबार नै वरिष्ठ उपाध्यक्षमा सुन्दर नरसिंह जोशी, उपाध्यक्षमा उत्तमराज भण्डारी, अनिल श्रेष्ठ  र पेमा डोल्मा लामाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यसअघि अदालत र राखेपले अर्ली इलेक्सन आवश्यकता नरहेको बताउँदै तत्काल चुनावी प्रक्रिया अगाडी नबढाउन आदेश दिएका थिए । अदालतले दुबैसमूहलाई माघ ६ गते छलफलमा बोलाएको छ । यता, राखेपले एन्फालाई ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएको थियो ।

तर, एन्फा नेतृत्व एएफसी र फिफाको स्विकृतीको कारण देखाउँदै चुनावी प्रक्रियामा बढेको हो । 

यता, यसअघि नै अध्यक्षकाे उम्मेदवार घोषणा गरेका विराटजंग शाहीले भने उम्मेदवारी  दर्ता गरेनन् । उनले राखेप र अदालतको अवहेलना हुने भन्दै निर्वाचनमा सहभागी नभएको बताएका छन् । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate