फाल्गुन २१, २०८२ बिहीबार | ०७:४८:२०
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत

काठमाडौं । कुनै समय नेपाली फुटबलमा एकछत्र राज गरेको मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा लज्जास्पद सुरुआत गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० ले पराजित भयो ।

आर्मीले पहिलो खेलमै सहज तीन अंक जोडेको छ । बालगोपाल महर्जनको प्रशिक्षणमा मैदान उत्रिएको आर्मीको जितमा युवा खेलाडी निराजन धामीले दुई गोल गरे । नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले समान एक गोल गरेका थिए ।

आर्मीले पहिलो हाफमै दुई गोल गोल गर्दै मनाङविरुद्ध दबाब बनाएको थियो ।

सहिद स्मारक ए डिभिजन लिग कीर्तिमानी आठ पटक जितेको मनाङ पछिल्लो दुई वर्ष नेपाली फुटबलमा गुमनाम जस्तै रह्यो ।

कुनै समय राष्ट्रिय टिमका खेलाडीले भरिने मनाङ करिब दुई वर्षपछि घरेलु फुटबलमा फर्किँदा अहिले राष्ट्रिय टिमका खेलाडी नै छैनन् । मनाङले आर्मीविरुद्ध तीन विदेशी खेलाडी मैदान उतारेपछि स्वभाविक लय पाउनै सकेन ।  

राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३ तथा प्र्रेसिडेन्ट लिगबाट छनोट भएका ४ गरी कूल १७ टिम सहभागी भएका छन् ।

आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चितलाङ एफसीले राष्ट्रिय जनजागृति युवा क्लबलाई २–१ ले हराउँदै विजयी सुरुआत गरेको छ । 

चित्लाङको जितमा दुबै गोल विदेशी खेलाडीले गरेका हुन् । पहिलो गोल खेलको २८औं मिनेटमा म्याथ्यु बाबातुन्डे ओलानवाजुले गरे । तर, आठ मिनेटपछि नै नव जनजागृतिको लागि  उदित नारायण चौधरीले बराबरी गोल फर्काएका हुन् ।

दोस्रो हाफमा चित्लाङले दोस्रो गोल गर्याे । सोलोमन एडेयिन्का इलेसान्मीले ६२औं मिनेटमा विजयी गोल गरेका थिए । चित्लाङ प्रेसिडेन्ट लिगको उपविजेताको रुपमा राष्ट्रिय लिगको लागि छनोट भएको हो ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||