काठमाडौं । कोमो १९०७ लाई ३–१ ले हराउँदै एसि मिलानले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी तीन अंकमा छोट्याएको छ ।
मिलानको जितमा एड्रियन रोबिओटले दुई गोल गरे । क्रिष्टिफर एनकुन्कुले एक गोल थपेका हुन् । यसअघि कोमाका मार्क केम्पले सुरुआती अग्रता बनाएका थिए ।
बिहीबार रातिको खेलसँगै इटालियन सिरी ए को अंक तालिका निकै रोमाञ्चक बनेको छ ।
२० खेलबाट ४६ अंकसहित इन्टर शीर्ष स्थानमा छ । समान खेलबाट मिलानको ४३ अंक रह्यो । तेस्रो स्थानको नापोलीको ४० अंक छ ।
यता, चौथो र पाँचौं स्थानमा रहेका क्रमशः युभेन्ट्स र रोमाको समान ३९ अंक रहेको छ । पराजित कोमो पनि ३४ अंकसहित छैटौं स्थानमा छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
