काठमाडौं । स्पेनिस महारथी बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन लिग क्लब रेसिङ सान्तार्डसलाई २–० ले हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा फेराना टोरेस र लामिन यमलले गोल गरेका थिए । यसै साता स्पेनिस सुपर कपको उपाधि जितेको बार्सिलोनालाई गोल गर्न भने दोस्रो हाफ नै कुर्नुपर्याे ।
टोरेसले खेलको ६६औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले फर्मिन लोपेजको पास सदुपयोग गरेका हुन् । पाँच मिनेट थपिएको इन्जुरी समयमा यमलले दोस्रो गोल गर्दै टिमलाई अर्काे चरणमा सुरक्षित गरेका हुन् । उनले राफिन्हाको पास सदुपयोग गरे ।
राति नै भएको अर्काे खेलमा भ्यालेन्सियाले बर्गस सिएफलाई २–० ले हराएको छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
