काठमाडौं । स्पेनिस महारथी बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन लिग क्लब रेसिङ सान्तार्डसलाई २–० ले हराउँदै बार्सिलोना अन्तिम आठमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा फेराना टोरेस र लामिन यमलले गोल गरेका थिए । यसै साता स्पेनिस सुपर कपको उपाधि जितेको बार्सिलोनालाई गोल गर्न भने दोस्रो हाफ नै कुर्नुपर्याे ।
टोरेसले खेलको ६६औं मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले फर्मिन लोपेजको पास सदुपयोग गरेका हुन् । पाँच मिनेट थपिएको इन्जुरी समयमा यमलले दोस्रो गोल गर्दै टिमलाई अर्काे चरणमा सुरक्षित गरेका हुन् । उनले राफिन्हाको पास सदुपयोग गरे ।
राति नै भएको अर्काे खेलमा भ्यालेन्सियाले बर्गस सिएफलाई २–० ले हराएको छ ।
भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
