चैत्र १, २०८२ आइतबार | ०६:१२:२८
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । साफ पुरुष फुटसल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल दिउँसो १२ः४५ बजे हुनेछ ।

सहभागी सातमध्ये ६ राष्ट्रले आफ्नो पहिलो खेल खेलिसकेका छन् । श्रीलंकाले उद्घाटन खेलमा भुटानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो ।

नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा उत्रिँदैछ । पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलयामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो । यसबीच नेपालले एसियन कप छनोट २०२६ मा सहभागिता जनाएन । फुटबलको सर्वोच्च निकाय एन्फाले प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो ।

मंगोलिया जाने टोलीमा रहेका चार खेलाडीले बैंककमा पनि खेल्दैछन् । कप्तान विजयी श्रेष्ठ, उनका ‘फिक्सो’ सहकर्मी सरोज तामाङ र सञ्जय स्याङ्ताङ अनि ‘आला’ अमित तामाङले मंगोलिया जाने टोलीमा थिए । विजयी र सरोजका लागि यो लगातार तेस्रो अन्तर्राष्ट्रिय एक्सपोजर हो । मंगोलियाअघि यी दुईले र्कीगिस्तानमा सम्पन्न ‘एसियन कप छनोट २०२२’ पनि खेलेका थिए ।

खेलाडीमा व्यापक परिवर्तनका बावजुद टोलीमा त्यस्तो हेर्नलायक फरक नरहेको सरोजको बुझाई छ । बैंककका लागि प्रस्थान गर्नुअघि उनले भनेका थिए, ‘मंगोलिया जाने टोलीको छुट्टै विशेषता थियो । अहिलेको टोली छुट्टै छ । खेल्ने शैली एउटै हो । म्याटमा प्रदर्शन कस्तो हुन्छ भन्नेले मात्र फरक पार्छ ।’

टोलीलाई यसपाली अनिल बहादुर गुरुङले नेतृत्व गरिरहेका छन् ।

नेपाली टोली
विजयी श्रेष्ठ(कप्तान), पदम तामाङ(गोलकिपर), दीपेश श्रेष्ठ(गोलकिपर), अमित लामा, अशोक दर्लामी, विक्रान्त नरसिंह राना, विशाल सरु मगर, जेनिश प्रजापति, लाक्पा तामाङ, पेम्बा दोर्जे लामा, सञ्जय स्याङताङ, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||