कार्तिक १६, २०८२ आइतबार | ०१:०२:१२
सेभियामाथि एट्लेटिकोको सहज जित रेलिगेसन क्षेत्रको नटिङ्घमसँग रोकियो युनाइटेड, दोस्रो स्थानमा उक्लिने अवसर गुमायो अंक दूरी बढाउँदै आर्सनल, सहजै हरायो बर्नलीलाई अग्सबर्गविरुद्ध डर्टमन्डको संघर्षपूर्ण जित काठमाडौंले भित्र्यायो इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ श्रीलंका जाने यु-१९ भलिबल टोलीको बिदाई लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ नेपाल फेरि अमेरिकासँग पराजित दीपाले पनि नासरिनबाट खेल्ने दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य सेभियामाथि एट्लेटिकोको सहज जित रेलिगेसन क्षेत्रको नटिङ्घमसँग रोकियो युनाइटेड, दोस्रो स्थानमा उक्लिने अवसर गुमायो अंक दूरी बढाउँदै आर्सनल, सहजै हरायो बर्नलीलाई अग्सबर्गविरुद्ध डर्टमन्डको संघर्षपूर्ण जित काठमाडौंले भित्र्यायो इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ श्रीलंका जाने यु-१९ भलिबल टोलीको बिदाई लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ नेपाल फेरि अमेरिकासँग पराजित दीपाले पनि नासरिनबाट खेल्ने दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य

दीपाले पनि नासरिनबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सेन्ट्रल मिडफिल्डर दीपा शाही बंगलादेशी क्लब नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध भएकी छन् ।

नासरिनले शनिबार सामाजिक सञ्जालमार्फत दीपालाई टोलीमा भित्र्याएको जानकारी गरायो ।

नासरिनले आसन्न साफ महिला क्लब च्याम्पियनसिपका लागि नेपालको विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी दीपालाई अनुबन्ध गरेको हो । दीपा नासरिनमा भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । उनकै राष्ट्रिय टोलीका सहकर्मीद्धय पुजा रानामगर र समीक्षा घिमिरेसँग नासरिनले सम्झौता गरिसकेको छ । यीमध्ये समीक्षाले पहिलो पटक विदेशी क्लबबाट खेल्दैछिन् ।

गत वर्ष काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सातौं संस्करणमा दीपा गम्भिर घाइते भएकी थिइन् । भुटानसँगको पहिलो खेलमा दीपाले एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट, घुँडामा लाग्ने एकप्रकारको गम्भीर चोट) सामना गरेकी थिइन् ।

भर्खरै भारतको सिलोङमा सम्पन्न त्रिदेशीय च्याम्पियनसिपमार्फत दीपाले ११ महिनाको लामो पर्खाइपछि मैदानमा पुनरागमन जनाएकी थिइन् । सिलोङपछि नेपालले सिक्किममा अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसको चार दिनपछि नासरिनले दीपालाई क्लबमा भित्र्याएको हो ।

गत सिजन बंगलादेशको राष्ट्रिय महिला लिग च्याम्पियन नासरिनमा सवीना खातुन, शिउली अजिम, रितु पोर्ना चक्मा, शमसुन्नहर सिनियर, सुमाया मात्सुशिमा, मनसुर प्रविन, मोनिका चक्मा, अन्जिदा अख्तर, मारिया मान्डा, कृष्ण रानी सरकार र शमसुन्नहर जुनियरलगायत राष्ट्रिय खेलाडी छन् ।

पहिलो पटक आयोजना हुन लागेको साफ महिला च्याम्प्पियनसिप नेपालमा आगामी डिसेम्बर ५ देखि २० सम्म हुँदैछ ।

प्रतियोगितामा नासरिनसँगै नेपालबाट विभागीय टोली एपिएफ क्लब, भारतबाट इस्ट बंगाल, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानबाट कराँची सिटीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा श्रीलंका र माल्दिभ्सबाट भने प्रतिनिधित्व हुनेछैन ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA