इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगका स्थगित तीन खेलका नयाँ मिति तय

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत पछिल्लो केही हप्ता यता स्थगित भएका खेलमध्ये तीन खेलको नयाँ मिति तय भएको जनाएको छ ।

क्रिस्टमसको समयमा कोभिड १९ को संक्रमणको प्रभाव इङ्लिस क्लबहरुमा समेत देखिन थालेपछि डिसेम्बर यता कुल १८ खेल स्थगित भएका थिए ।

यसैमध्येका थप तीन खेलको नयाँ मिति तय भएको हो । यसअघि पछिल्लो हप्ता लिगमा तीन खेलको नयाँ मिति तय भएको थियो ।

तय भएको नयाँ मितिअनुसार जनवरी १८ मा वाटफोर्डले बर्नलीको भ्रमण गर्नेछ । यस्तै जनवरी १९ मा ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेड तथा सोही दिनको अर्को खेलमा लेस्टर र टोटनहमबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि स्थगित भएका खेलमध्ये साउथ ह्याम्पटन र ब्रेन्टफोर्ड, एभर्टन र लेस्टर सिटी तथा वेस्ट ह्याम र नर्विच सिटीबीचको खेल जनवरी ११ र १२ मा हुने तय भएको थियो ।