आश्विन ३, २०८२ शनिबार | १३:५०:३२
जापानका पूर्व फुटबलर ताडा नेपालमा, टिपटो स्पोर्टस एकेडेमीसँग सहकार्यको पहल खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स जापानका पूर्व फुटबलर ताडा नेपालमा, टिपटो स्पोर्टस एकेडेमीसँग सहकार्यको पहल खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स

जापानका पूर्व फुटबलर ताडा नेपालमा, टिपटो स्पोर्टस एकेडेमीसँग सहकार्यको पहल

काठमाडौं । जापानका पूर्व फुटबल खेलाडी ताडा टिपटो स्पोर्ट हबको उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ ।

शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवास न्यौपाने र अध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए । 

साेही अवसरमा ताडाले टिपटो स्पोर्टस एकेडेमीसँगको सहकार्यका लागि सम्झौता गर्नेछन् । 

ताडाले हाल थाइल्यान्डमा सिली स्पोर्टस क्लब सञ्चालन गरिरहेका छन् । गोलकिपर ताडाले जापानको यु-१५ देखि २३ सम्मको राष्ट्रिय टिमकाे प्रतिनिधत्व गरेका छन् । यसैगरी उनले जापानी टाेलीबाट ओलम्पिकमा पनि सहभािगता जनाइसकेका छन्र । 

उनको भ्रमणले नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलकुद कूटनीतिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ । सम्झौतामा नेपाल र अन्तर्राष्ट्रिय एकेडेमीबीच खेलाडी आदान-प्रदान कार्यक्रम, प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आधुनिक प्रशिक्षण विधि आदान-प्रदान, एकेडेमी खेलाडीका लागि फुटबल क्लिनिक सञ्चालन, एकेडेमिका लागि  खेल सामग्री तथा आवश्यक सहयोग प्रदान, हरेक वर्ष थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुने अवसर लगायतका बुँदा समावेश हुनेछन् ।

उनले नेपाल बसाइको क्रममा टिपटो स्पोर्टस एकेडेमी हब अवलोकन गर्ने, प्रशिक्षण सत्र हेर्ने र खेलाडी तथा प्रशिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ  ।

ताडाको आगमनसँगै टिपटपले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने, नेपाली युवा खेलाडीलाई थप अवसर दिलाउने तथा  ग्रुरुट फुटबललाई बलियो बनाउने आपेक्षा राखेको छ ।

गत जनवरीमा टिपटो स्पोर्टस एकेडेमीले थाइल्यान्डमा भएको एसियन च्याम्पियनसिपको यु-१२ र १४ उमेर समूहमा सहभागिता जनाइ फेयर प्ले ट्रफी जितेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDELIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास