आश्विन ३, २०८२ शनिबार | १३:५५:४३
जापानका पूर्व फुटबलर ताडा नेपालमा, टिपटो स्पोर्टस एकेडेमीसँग सहकार्यको पहल खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स जापानका पूर्व फुटबलर ताडा नेपालमा, टिपटो स्पोर्टस एकेडेमीसँग सहकार्यको पहल खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स
शनिबारको दिन

गोलमेसिन हालान्डका कीर्तिमानै कीर्तिमान

काठमाडौं ।  अब त साँच्चै के लाग्न थालेको छ भने इर्लिङ हालान्डले फुटबल खेलेकै गोलका लागि हो । एकपछि अर्को गोल कीर्तिमानकै लागि हो । जति जति उनको खेल जीवन अगाडि बढ्दै गइरहेको छ, त्यसलाई नाप्दा आफ्नो खेल जीवन टुंग्याउँदा धेरै कीर्तिमान उनको नाममा भइसक्ने छ । त्यसमध्ये केही कीर्तिमान यस्ता हुनेछन्, जसलाई तोड्न गाह्रै पर्नेछ ।

युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले नेपोलीलाई हराउँदा एउटा गोल हालान्डले पनि गरेका थिए । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उनको यो ५०औं गोल रह्यो । त्यति मात्र कहाँ हो र ? यो कोसेढुंगा साबित गोलका लागि उनले खेलेको खेलसंख्या जम्मा ४९ हो । त्यो भनेको खेलभन्दा गोल संख्या बढी । गजब नि ? यो त असाध्यै गजब हो ।

यससँगै हालान्ड सबैभन्दा कम खेल खेलेर च्याम्पियन्स लिगका ५० गोल छुने पहिलो खेलाडी बनेका छन् । हालान्डको त्याे गोलमा पास मिलाउने सहकर्मी खेलाडी थिए, फिल फोडेन । उनी भन्छन्, ‘मलाई पनि लाग्छ, हालान्डले गोलका सबै कीर्तिमान आफ्ना नाममा लेखाउने छन् । उनी साँच्चै अविश्वसनीय छन् ।’ यसअघि यही कम खेलमा ५० गोलको कीर्तिमान डच खेलाडी रुड भान निस्टलरोयको नाममा थियो ।

बोरुसिया डर्टमन्डमा रहँदा हालान्ड । 

म्यानचेस्टर युनाइटेडका निस्टलरोयले यसका लागि च्याम्पियन्स लिगका ६२ खेल खेलेका थिए । ‘म मात्रै किन बोलिरहुँ, जति बोल्नु छ, आँकडाले नै त बोल्छ,’ हालान्डबारे यत्तिको आत्मविश्वासले बोल्ने प्रशिक्षक हुन्, सिटीकै पेप ग्वार्डिओला । उनी थप्छन्, ‘उनी जत्तिको खेलाडी पाउनु पनि हामी भाग्यमानी रहे जस्तै हो । हालान्डलाई मेरो धेरै धेरै बधाई छ । मलाई पनि लाग्छ, उनी साँच्चै अविश्वसनीय छन् ।’

च्याम्पियन्स लिगकै कुरा गर्ने हो भने हालान्डले सिटीका लागि २७, बोरुसिया डर्टमन्डका लागि १५ र आरबी साल्सबर्गका लागि ८ गोल गरेका छन् । 

हालान्डले जति प्रतियोगिता खेलिरहेका छन्, सबैमा कीर्तिमानका धावा बोलिरहेका छन् भन्दा हुन्छ । उनले इङ्लिस प्रिमियर लिगमा १०१ खेल खेल्दै ९० गोल गरिसकेका छन् । यो आँकडा सिटीले युनाइटेडलाई हराएसकेपछिको हो । त्यसको चार दिनअगाडि मात्रै उनले नर्वेका लागि चार गोल गरे । त्यस खेलमा उनको देशले मोल्दाेभालाई ११-१ ले हराएको थियो ।

च्याम्पियन्स लिगकै कुरा गर्ने हो भने हालान्डले सिटीका लागि २७, बोरुसिया डर्टमन्डका लागि १५ र आरबी साल्सबर्गका लागि ८ गोल गरेका छन् । त्यसमध्ये ३४ गोल उनले आफ्नो ‘ट्रेडमार्क’ बायाँ खुट्टाको प्रहारले गरेका थिए अनि ११ गाेल दायाँ खुट्टाको प्रहार भने ५ गोल हेडबाट । यहाँनिर केहीले हालान्डको तुलनामा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसँग पनि गर्न चाहेका छन् ।

सिटीका लागि गोलगरेपछि खुसीयाली मनाउँदै हालान्ड । 

मेसीले च्याम्पियन्स लिगकै ५० गोलका लागि ६६ खेल खेले । अझ रोनाल्डोले त यत्तिकै गोलका लागि ९१ खेल खेले । यति भन्दा भन्दै एउटा तथ्य त निश्चित भएको छ, च्याम्पियन्स लिगमा ५० गोल गर्नु नै आफैमा ठूलो हो । च्याम्पियन्स लिगकै इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी भने रोनाल्डो नै हुन्, उनले १४१ गोल गरेका छन् । त्यसैले अबको प्रश्न हो, के हालान्डले कुनै दिन रोनाल्डोलाई पनि छुने छन् त ?

यसको ठ्याक्कै उत्तर ग्वार्डिओलासँग छ । उनी भन्छन्, ‘हालान्ड यत्तिकै लयमा खेल्न सक्षम हुन्छन् भने यो रोनाल्डोको कीर्तिमान छुने मात्र होइन, त्यसलाई उछिन्ने काम पनि हुनेछ । यसका लागि हालान्ड चोटमुक्त हुनुपर्नेछ । मलाई के पनि लाग्छ भने हालान्डले अझै १० देखि १२ वर्ष खेल्नेछन् । उनले आफ्नो लय कायम राख्न सक्नुपर्छ अनि चोटबाट टाढा रहन सक्नुपर्छ ।’