बार्सिलोना

दोस्रो पटक बार्सिलोनाको जर्सी लगाउन पाउनु विशेष उपहारः आल्भेस

बार्सिलोना । कोपा डेल रेअन्तर्गत बुधबार लेनारेस डेपोर्टिभविरुद्धको खेलबाट दोस्रो पटक ‘डेब्यु’ गरेपछि ड्यानी आल्भेसले बार्सिलोनाबाट पुन खेल्न पाउँनु आफ्नो लागि ‘विशेष उपहार’ भएको बताएका छन् ।

‘बार्सिलोनाबाट दोस्रोपटक आधिकारीक प्रतियोगितामा डेब्यु गर्न पाउँनु मेरो लागि विशेष उपहार हो । म मात्र बार्सिलोनाबाट खेल्न चाहन्छु, टोलीका अन्य खेलाडीहरुलाई सहयोग गर्न चाहन्छु । उनीहरुको स्तरमा अझ निखार ल्याउन चाहन्छु,’ आल्भेसले भने ।

ब्राजिलका ३८ वर्षिय डिफेन्डर आल्भेसले डेपोर्टिभविरुद्ध २–१ को जित निकाल्दा ९० मिनेटै मैदानमा बिताएका थिए । सोमबार मात्रै ला लिगामा बार्सिलोनाको आधिकारीक खेलाडीको रुपमा दर्ता भएका आल्भेस नोभेम्बरमा ब्राजिलियन क्लब साओ पाउलोबाट ‘फ्रि ट्रान्सफर’ मा बार्सिलोना भित्रिएका थिए ।