कोपा डेल रे

बार्सिलोना र रियालको जित

मड्रिड । साविक विजेता बार्सिलोनाले बुधबार कोपा डेल रे को अन्तिम ३२ मा तेस्रो श्रेणीको क्लब लेनारेस डिपोर्टिभोलाई २-१ ले हराएको छ ।

१९औं मिनेटमा ह्युगो डियाजको गोलमा लेनारेसले अग्रता लिएको थियो । ६३औं मिनेटमा ओासामाने डेम्बेलेले बार्सिलोनालाई खेलमा फर्काएका थिए । त्यसको ६ मिनेटपछि फेरानले गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

लेनारेसविरुद्धको खेलसँगै ब्राजिलियन रक्षक ड्यानी आल्भेसले बार्सिलोनाबाट औपचारिक रुपमा पुनरागमन गरेका थिए । आल्भेस यसै सिजन पूर्व क्लब बार्सिलोना फर्किएका थिए ।

त्यस्तै रियाल मड्रिडले आल्कोयानोलाई ३-१ ले हरायो । गत वर्ष रियाल मड्रिडले आल्कोयानोलाई नतिजा सुम्पिएको थियो । 

३९औं मिनेटमा इडर मिलिटाओले गरेको गोलमा आल्कोयानोले अग्रता लिएको थियो । ६६औं मिनेटमा ड्यानी भेगाले रियाललाई खेलमा फर्काएका थिए । 

७६औं मिनेटमा मर्को ओलन्सोले रियाललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै इस्को प्रहारले आल्काोयानोका गोलकिपर जस  ह्वानलाई छुँदै पोस्टको दिशा लिएपछि रियालले सहज जित पक्का गरेको हो ।