त्रिवेणी कप

बुद्ध युथ क्लबलाई त्रिवेणी कपको उपाधि

काठमाडौं । बुद्ध युथ क्लबले बुधबार श्री भगवती क्लबलाई २-० ले पराजित गर्दै २९औं त्रिवेणी कपको उपाधि जितेको छ ।

१३औं मिनेटमा सन्दिप राना मगरले गरेको गोलमा बुद्ध युथ क्लबले अग्रता लिएको थियो ।  त्यसको दुई मिनेटपछि नै यानिक अब्दौलाले बुद्ध युथको अग्रता दोब्बर पारेका थिए ।

फाइनल खेलमा बुद्ध युथका सन्दिप राना मगर म्यान अफ दी म्याच भए । उनले पाँच हजार रुपैयाँ प्राप्त गरे ।

बुद्ध युथका फाकुल्ने आब्यामी र श्री भगवतीका अर्मान्ड बेडौम संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहे ।

 श्री भगवतीका अमित लामा प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडी घोषित भए भने सर्लाहीको बागमती एफसीले फेयर प्लेको अवार्ड जित्यो ।