वैशाख २८, २०८२ आइतबार | ०९:००:१४
बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी

सुरक्षा चुनौतीमाझ सुरु हुँदै अफ्रिका कप

याउन्डे । कोभिड १९ महामारीका कारण तत्कालका लागि स्थगित हुने भयबाट मुक्त भए पनि अफ्रिकी फुटबलको सबभन्दा ठूलो प्रतियोगिता अफ्रिका कप अफ नेशन्सले अब सुरक्षाको चुनौती सामना गर्नुपर्ने भएको छ ।

आयोजक क्यामरुन र बुर्किना फासोबीचको खेलसँगै आइतबार एक महिना लामो प्रतियोगिता सुरु हुनेछ । तर, पश्चिमी क्यामरुनमा पृथक्ताबादीहरू तथा उत्तरमा जेहादीहरूको हिंसात्मक गतिविधिका कारण स्थानीय प्रशासन शान्ती सुरक्षा स्थापनाका लागि संघर्ष गरिरहेको छ । यस्तोमा विद्रोहीहरूले अफ्रिका कप अफ नेशन्सलाई लक्षित गर्दै आक्रमण गर्न सक्ने भयले क्यामरुन प्रशासनलाई सताएको छ ।

सशस्त्र समूहहरूले समूह ‘एफ’मा रहेका ट्युनिसिया, माली, माउरिटानिया र गाम्बियालाई धम्कीपूर्ण सन्देश पठाएपछि देशको पश्चिमी भेगमा उच्च शतर्कताका साथ सुरक्षा तैनाथी बढाइएको छ ।

समूह ‘एफ’का चार टोलीले पृथक्ताबादीहरूको आधार क्षेत्र मानिएको तटीय सहर लिम्बेमा समूहका खेल खेल्नेछन् । यसैगरी उनीहरूको अभ्यास स्थल पनि पृथक्ताबादीहरूको पकड क्षेत्र बुइयामा छ ।

‘पृथक्ताबादीहरूको धम्की निक्कै गम्भीर छ । बुधबार लिम्बेको एउटा टेकअवे रेस्टुरेन्टमा विष्फोट भयो । यसले पनि ठूलो सन्देश दिएको छ,’ बुइयास्थित ह्युमन इज राइट एनजिओका प्रमूख ब्लाइसे चामाङ्गोलाई उद्यृत गर्दै एएफपीले जनाएको छ, ‘लिम्बे र बुइया क्षेत्रका प्रत्येक चोकमा सरकारले सशस्त्र सुरक्षाकर्मी र सेनाको उपस्थिती बाक्लो पारेको छ । सुरक्षा फौजले केही जिल्लाहरूमा थुप्रै मानिसहरूलाई रोकेर जाँच गर्नुका साथै गिरफ्तार गरिरहेको छ ।’

बुइया दक्षिण पश्चिमी क्षेत्रको राजधानी हो । जुन विद्रोहीको बाहुल्य रहेको उत्तर पश्चिमी क्षेत्रसँग नजिकै छ । वर्षौदेखि राज्यबाट विभेद भएको मान्दै आएका विद्रोहीहरूले २०१७ अक्टोबरदेखि संघीय गणतन्त्र एम्बाजोनिया भन्दै स्वतन्त्र राज्य घोषणा गरेर हिंसात्मक गतिविधि चलाउँदै आएका छन् ।

स्वतन्त्र राज्य घोषणा गरे पनि अन्तर्राष्ट्रिय समुदायले त्यसलाई मान्यता प्रदान गरेको छैन । १९६० मा पूर्व फ्रान्सेली उपनिवेशको रुपमा रहेको क्यामरुन स्वतन्त्र भएपछि बेलायती अधिनमा रहेको दक्षिणी क्यामरुन पनि सँगै जोडिएको थियो । तर पछि पूर्व फ्रान्सेली उपनिवेशमा रहेका क्यामरुनीले आफूहरूमाथि विभेद गरेको भन्दै लामो समयदेखि उनीहरू पृथक्ताबादी आन्दोलनमा छन् ।

राज्य तथा विद्रोही पक्षबाट भएका हिंसात्मक गतिविधि दौरान तीन हजार पाँच सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् भने सात लाख मानिस घरबारविहिन भएको अधिकारकर्मीहरूले बताएका छन् ।

क्यामरुनका पूर्व राष्ट्रपती ८८ वर्षे पाउल बियाले हतियारधारी विद्रोहीले विष्फोटन तथा निहत्था सर्वसाधारणको हत्या गर्ने क्रमलाई निरन्तरता दिइरहेकाले सुरक्षा चुनौती थपिएको बताएका थिए । जसका कारण प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन उनले सरकारलाई सुझाएका थिए ।

सरकारले अफ्रिकी फुटबलको सर्वोच्च निकाय सिएएफसँग सुरक्षित प्रतियोगिता आयोजनाको प्रतिबद्धता जनाएको छ । तथापि सुरक्षाको विषयमा सरकार तथा सिएएफले औपचारिक रुपमा कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP