वैशाख २८, २०८२ आइतबार | ०८:१७:३८
पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य

कोभिड १९ ले प्रभावित सिरी 'ए' भोलिदेखि, युभेन्टसको महत्त्वपूर्ण महिना

मिलान । कोभिड १९ को महामारी सिर्जित अन्योलका बीच बिहीबारबाट इटालियन सिरी ‘ए’ मैदान फर्किँदा युभेन्टसले पुरानो प्रतिद्वन्द्वी नेपोलीसँग खेल्दै सिजनकै महत्वपूर्ण महिनाको सुरुआत गर्दैछ ।

शीर्ष डिभिजनका २० क्लबबाट दर्जनौं खेलाडी कोभिड १९ संक्रमणका कारण नयाँ वर्षको पहिलो साता मैदान बाहिर हुनेछन् । तीमध्ये युभेन्टसका कप्तान जर्जियो किलिनी पनि छन् । मंगलबार घोषित भेरोना र युडिनेसीको टिमबाट १५ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमणको दर अत्यन्तै तीब्र भएपछि इटालियन सरकारले महामारीको अर्को भेल रोक्ने उद्देश्यका साथ रंगशालामा सिट क्षमताको आधा मात्र दर्शक राख्नुपर्ने नियम राखेको छ ।

नेपोलीले बिहीबार शीर्ष स्थानको साविक विजेता इन्टर मिलानभन्दा १२ अंकले पछि रहँदै इटालियन सिरी ‘ए’को पाँचौं स्थानमा सीमित मासिमिलियानो एलेग्रीको युभेन्टससँग खेल्दै नयाँ सिजनको सुरुआत गर्दैछ । युभेन्टसका लागि कठिन मानिएको वर्षको सुरुआतमा टोलीले त्यसपछि एएस रोमा, एसी मिलान र एट्लान्टासँग खेल्नुपर्नेछ ।

आगामी सिजन च्याम्पियन्स लिग खेल्ने प्रतिस्पर्धामा युभेन्टसभन्दा दुई अंक पछि रहेर रोमाले चुनौती दिइरहेको छ भने एट्लान्टा चौथो स्थानमा छ । एट्लान्टाको खातामा युभेन्टसभन्दा चार अंक बढी छ । इटालियन सिरी ‘ए’ बाट शीर्ष चार स्थानमा रहेर सिजनको अन्त्य गर्ने टोलीले च्याम्पियन्स लिग खेल्नेछन् ।

सिजनको समाप्तिसम्मका लागि महत्व बोक्ने चार ठूला खेल मध्य फेब्रुअरीसम्ममा भइसक्ने कारण एलेग्री दबाबमा छन् । किलिनीको अनुपस्थिती तथा इटालियन राष्ट्रिय टोलीमा उनका रक्षात्मक सहयात्री लियोनार्दो बोनुचीको चोट युभेन्टसका लागि महंगो हुनसक्छ । यसैगरी आक्रमणमा पनि पाउलो डिबाला र फेडेरिको किइसा चोटबाट मुक्त हुने प्रयासमा छन् ।

नेपोलीका लागि पनि दबाब कम छैन । टुरिन भ्रमणमा निस्कँदा टोलीमा अफ्रिका कप अफ नेशन्स र कोभिड १९ महामारीका कारण थुप्रै खेलाडी अनुपस्थित हुने छन् । नेपोलीका प्रशिक्षक लुसियानो स्पालेटी पनि मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएपछि खेल दौरान घरमै एकान्तबासमा हुनेछन् ।

अनुहारको हाडमा समस्या आएका कारण यसअघिदेखि नै अनुपस्थित रहँदै आएका स्टार स्ट्राइकर भिक्टर आसिमहेनलाई पनि संक्रमण पुष्टि भएको छ । यसैगरी हिर्भिङ लोजानो, इजिफ इल्मास, केभिन माल्कुइटलाई पनि संक्रमण पुष्टि भइसकेको छ भने मारियो रुई बिहीबारको खेलका लागि प्रतिबन्धमा छन् ।

लगातार तीन घरेलु खेलमा पराजय भोगेपछि शीर्ष स्थानमा रहेर डिसेम्बर महिनाको सुरुआत गरे पनि तेस्रो स्थानमा झरेको स्पालेटीको टोली शीर्ष स्थानको इन्टरभन्दा सात अंकले पछि छ । नयाँ वर्षको सुरुआतमा लय समाउने उद्देश्यमा थुप्रै खेलाडीको अनुपस्थितीले अप्ठेरोमा परेको टोलीका कालिडोउ काउलिबाली र आन्द्रे फ्रयांक जाम्बा एङग्विसा अफ्रिका कप अफ नेशन्सका कारण अनुपस्थित रहनेछन् ।

यसैगरी उपाधिमाथिको दाबेदारी बलियो बनाउने योजनामा रहेको एसी मिलान र आगामी सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यका लागि संघर्षरत रोमाले बिहीबार सान सिएरोमा प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो स्थानको मिलानले बिहीबारको खेल जित्न सके तेस्रो स्थानको नेपोलीमाथिको तीन अंकको अग्रता थप फराकिलो पार्न सक्नेछ ।

कोभिड १९ संक्रमणका कारण सबभन्दा बढि प्रभाव सार्लेनिटानालाई परेको छ । सार्लेनिटानाका नौं खेलाडीमा संक्रमण पुष्टि भएको छ । शीर्ष डिभिजनमा बढुवा भएपछि भेनेजियाविरुद्ध हुन लागेको पहिलो खेल स्वास्थ्य मापदण्डका कारण थुप्रै खेलाडीलाई खेलाउन नपाउने कारण सार्लेनिटानाले यो खेल स्थगित गर्न अनुरोध गरेको छ ।

स्थानीय स्वास्थ्य प्रशासनले डिसेम्बर २१ मा युडिनेसी भ्रमणको अनुमति नदिएपछि सार्लेनिटाना मैदान उत्रिन पाएको छैन । डिसेम्बर १७ मा इन्टर मिलानसँग ५–० को पराजय भोगेको टोलीले त्यसयता कुनै खेल खेलेको छैन । बिहीबारको खेल पनि त्यही कारण स्थगित हुन सक्छ ।

इटालियन सिरी ‘ए’का कुल ६८ खेलाडीमा संक्रमण पुष्टि भएका कारण यो साताका अन्य खेलमा पनि त्यसको प्रभाव पर्ने निश्चित छ ।

इटालियन सिरी ‘ए’मा बिहीबार हुने खेलहरु:

  • बोलोग्ना विरुद्ध इन्टर मिलान (५:१५)
  • साम्पडोरिया विरुद्ध काग्लियारी (५:१५)
  • लाजियो विरुद्ध इम्पोली (७:१५)
  • स्पेजिया विरुद्ध भेरोना (७:१५)
  • एट्लान्टा विरुद्ध टोरिनो (९:१५)
  • सासौलो विरुद्ध जिनुवा (९:१५)
  • एसी मिलान विरुद्ध एएस रोमा (११:१५)
  • सार्लेनिटाना विरुद्ध भेनेजिया (११:१५)

शुक्रबार हुने खेलहरू

  • फियोरेन्टिना विरुद्ध युडिनेसी (१:३०)
  • युभेन्टस विरुद्ध नेपोली (१:३०)

भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP