इस्पान्योल

इस्पान्योल कोपा डेल रेको अन्तिम १६ मा

काठमाडौं । पोनफेराडिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इस्पान्योल कोपा डेल रेको अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीभएसँगै अतिरिक्त समयबाट नतिजा लिन खोजिएको थियो ।

यद्यपि, ३० मिनेटको अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पोनफेराडिनाको मैदानमा भएको खेलको चौथो मिनेटमा एड्रिया पेड्रोसाले गरेको गोलसँगै भ्रमणकारी टोलीले अग्रता लिएको थियो ।

प्रतिस्पर्धात्मक खेलको दुई मिनेट मात्र बाँकी रहँदा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै युरीले घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै पेनाल्टीमा पुगेको इस्पान्योलाका लागि सुरुआती तीन खेलाडीले गोल गर्दा पोनफेराडिनाका खेलाडीको चारमध्ये एक मात्र प्रहार सफल भएको थियो ।