बार्सिलोना

बार्सिलोनाका थप दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका थप दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा हालै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट भित्रिएका फेरान टोरेस र पेड्री छन् । दुबै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।  

ला लिगाअन्तर्गत शनिबार रियाल मायोर्काविरुद्ध १–० को जित निकाल्दा बार्सिलोनाका १७ खेलाडी उपलब्ध थिएनन् । यसमध्ये १० जना कोभिड संक्रमित थिए ।

बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ ।

बार्सिलोनाले बुधबार कोपा डेल रेअन्तर्गत लिनारेस र ला लिगाअन्तर्गत शनिबार ग्रानाडाविरुद्ध मैदान उत्रदैछ ।

लिगमा १९ खेलबाट ३१ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा छ ।