असार २६, २०८२ बिहीबार | १७:४५:१४
मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार

बिर्सना चौधरी यु-२० टोलीको कप्तान

नेपाली टोलीकी कप्तान बिर्सना चौधरी (बीच), तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपका लागि मिडफिल्डर बिर्सना चौधरीलाई नेपाली टोलीको कप्तानको जिम्मेवारी सुम्पिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मंगलबार आयोजना गरेकाे बिदाइ कार्यक्रममा बिर्सनालाई कप्तान बनाइएको जानकारी दिइएको हो । विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी बिर्सना अहिले भुटानको ट्रान्सपर्ट युनाइटेडमा आबद्ध छिन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुँदैछ ।

पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाललले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश तथा जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ ।

यस्तै नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्यानम्पियन बन्नेछ ।

नेपाली टोली
लिला जोशी,  करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, बिर्साना चौधरी ( कप्तान), गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी


भिडियो
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME