वैशाख २९, २०८२ सोमबार | १९:२१:०८
झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल

ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)विरुद्ध २-१ को जित हासिल गरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न ११औं चरणको खेलमा रेलिगेसन क्षेत्र नजिकै रहेको आरसीटीका लागि अजीत गुरुङ र निखिल तामाङले गोल गरे । बिबिसीका लागि अभिषेक रानामगरले सान्त्वना गोल फर्काए ।

खेलको १४औं मिनेटमा अजीतले आरसीटीलाई अग्रता दिलाएका थिए । निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा निखिलले अग्रतालाई दोब्बर पारेका थिए । इन्जुरी समयमा अभिषेकले एक गोल फर्काएका हुन् ।

आरसीटीको यो लगातार दोस्रो जित हो । यसअघिको खेलमा आरसीटीले च्यासल युवा क्लबलाई ३-२ ले हराएको थियो । यो जितसँगै आरसीटी रेलिगेसन खतराबाट अगाडि बढेको छ । आरसीटी १४ अंक जोड्दै सातौं स्थानमा उक्लियो ।

हारले बिबिसीलाई रेलिगेसनको खतरा बढेको छ । बिबिसी १२ अंक जोड्दै १०औं स्थानमा छ । दुई खेल बाँकी रहँदा बिबिसीलाई बाँकी दुई खेल जित्नै पर्ने दबाब रहनेछ ।

दिनको दोस्रो खेलमा पुछारको नयाँबस्ती युवा क्लबले झापा एफसीको सामना गर्नेछ । खेल दिउँसो ३ः४५ बजे हुनेछ ।

लिगको ११औं चरण सुरु भइरहँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन मात्र एक जित टाढा छ । प्लानिङले १० खेलबाट २४ अंक जोडेको छ । त्यस्तै समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ । ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई तीन खेलमा चार अंक आवश्यक छ ।

सरस्वती युवा क्लब ९ र नयाँबस्ती युवा क्लब ८ अंकका साथ तालिकाको पुछारमा छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP