असार २६, २०८२ बिहीबार | १४:४३:३९
ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित

लुम्बिनी कपः निरुका लागि विशेष, लक्ष्य उपाधि

लुम्बिनी कपमा प्रतिस्पर्धा गर्दै निरु थापा (१४ नम्बर जर्सी) ।

नेपालगञ्ज । नेपाली राष्ट्रिय टोलीबाट झण्डै एक दशक खेलेकी निरु थापा नेपाली फुटबलमा चिनाइरहनुपर्ने नाम होइन ।

नेपाल पुलिस क्लबकी कप्तान निरुबाट विभागीय टोलीका लागि भएका गोलको हिसावकिताब महिला फुटबल पछ्याउने समर्थकले राम्रैसँग राखेका छन् । राष्ट्रिय टोलीका लागि नै पूर्व कप्तान निरुले १३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन् ।

नेपाली महिला फुटबलमा डेढ दशकभन्दा लामो समय योगदान गरिसकेकी फरवार्ड निरुले आफ्नो व्यावसायिक करियरमा थुप्रै रंगशालामा आफ्नो कौशल प्रस्तुत गरेकी छन् ।

तर, शनिबारको खेल उनका लागि  खास थियो । निरुले आफ्नो जन्मथलो नेपालगञ्जमा पहिलो पटक कुनै ठूलो खेल खेलिन् । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा निरुको कप्तानीमा रहेको नेपाल पुलिस क्लबले नेपालगञ्ज रंगशालामा भारतको सिलिगुढी एफसीसँग खेलेको थियो । जहाँ निरुले एक गोल गरिन् । अनि उनको टोलीले पाहुना टिममाथि ४-० को सहज जित हासिल गर्यो ।

यो जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारको भिडन्तमा मंगलबार नेपाली सेनाको त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

‘मैदान प्रवेश गर्दा निकै खुसी लागेको थियो । खुसी भन्दा पनि बढि करियरको उत्तरार्धमा आइपुगेपछि आफ्नै ठाउँमा खेल्न पाएकोमा भावुक भएको थिएँ । अझ खेल पनि जितेपछि त्यो खुसी र भावना झनै बढ्दोरहेछ,’ निरु मुस्कुराउँछिन्, ‘आफ्नै जन्मथलोमा पहिलो पटक यति ठूलो प्रतियोगिता भएको छ । त्यसैले यसपाली उपाधिको धोको पूरा गर्ने लक्ष्य बोकेको छु ।’

राष्ट्रिय महिला लिगमा प्रतिस्पर्धा गर्दै निरु थापा(निलो जर्सी) र अनु लामा , तस्विरः सरोज सापकोटा /खेलाडी । 

निरुलाई २०६८ सालतिर नेपाल पुलिसले करारमा क्लबमा अनुबन्ध गरेको थियो । अहिले निरु पुलिस करियरको १५औं वर्षमा छिन् । पुलिसमा आउनुअघि नै निरुले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

निरुले सन् २०१० मा बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद (साग)बाट राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय करियर थालेकी थिइन् । उनले ९ वर्ष राष्ट्रिय टोलीको जर्सी लगाइन् । संयोग, उनले घरेलु भूमिमा भएको १३औं सागबाटै अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिइन् ।

यसबीच निरुले देशका लागि स्वर्ण पदक जित्ने सपना भने पूरा गर्न सकिनन् । निरुले २०७५ सालमा चीनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक कप्तानको आर्मब्यान्ड लगाएकी थिएन । निरुले भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकप २०१९, सोही वर्ष विराटनगरमा भएको पाँचौं साफ च्याम्पियनसिप र पोखरामा सम्पन्न १३औं सागमा राष्ट्रिय टोलीको नेतृत्व गरिन् ।

यो ९ वर्षको अन्तरालमा उनले आधा दर्जनभन्दा बढी फाइनल खेलिन् । तर, दूर्भाग्यवश कुनै पनि फाइनलमा नतिजा नेपालको पक्षमा आएन । १३औं सागमा संन्यास लिएपछि निरु भक्कानिएको क्षण अझै पनि फुटबलप्रेमीको मानसपटलमा ताजै छ ।

उमेरले निरु आउने भदौमा ३५ लाग्दैछिन् । करियरको उत्तरार्धमा रहेकी निरु संन्यासअघि आफ्नो जन्मथलोमा एक न एक दिन खेल्न पाउनेमा आशावादी थिइन् । सपना पूरा भएकोमा निरु हर्षित छिन् ।

शनिबार खेल सकिएलगत्तै उनले खेलाडी डटकमसँग भनिन्, ‘मैले आफ्नो करियरमा विभिन्न जिल्ला गएर खेलेँ । नेपालगञ्जमा पनि फुटबल प्रतियोगिता होस् भन्ने चाहन्थेँ । त्यसैले प्रतियोगिताका लागि गुरुहरुलाई आग्रह गर्थेँ । आज मेरो लागि विशेष दिन हो । मैले आज आफ्नो सपना पूरा गरेँ । निकै खुसी छु ।’

लुम्बिनी कपमा शनिबारको खेलपछि निरु थापा (दायाँ) प्रशिक्षकसँग । 

उसोत निरुले यो मौका ६ वर्षअघि नै पाउन सक्थिन् । ठ्याक्कै ६ वर्ष अगाडि लुम्बिनी प्रदेशमा भएको आठौं बृहत राष्ट्रिय खेलकुदका खेलहरू नवनिर्मित नेपालगञ्ज रंगशालामा खेलाइएको थियो । तर, महिला फुटबलको प्रतिस्पर्धा भने दाङको बेलझुन्डी रंगशालामा भएको थियो ।

यही कारण पनि शनिबारको खेल निरुका लागि विशेष बनेको हो । निरुको त्यो विशेष अवसरलाई उत्सवमय बनाउन उनका बुवा, दाई र सानो छँदा सँगै फुटबल खेलेकी साथी (सुस्मिता लामिछाने) रंगशाला आइपुगेका थिए ।

निरु घरेलु फुटबलकी सबैभन्दा अनुभवी खेलाडी हुन् । उनका राष्ट्रिय टोली पूर्व सहकर्मी अनु लामाले गत वर्षको पुस महिनामा सम्पन्न एन्फा राष्ट्रिय महिला लिगबाट संन्यास लिएपछि त झन् निरु अहिले घरेलु फुटबलमा सक्रियमध्ये सबभन्दा पाको भएकी छन् ।

निरुले बुट थन्क्याउने दिन नजिकिँदैछ । तर, यसो भनिरहँदा अहिले पनि पुलिसलाई निरुको आवश्यकता उत्तिकै रहँदै आएको छ । उनकै प्रेरणादायी नेतृत्वमा पुलिसले लिगमा दोस्रो स्थान हासिल गरेको थियो ।

प्रेरणादायी यसअर्थमा की निरु जब मैदान उत्रिन्छिन् । युवा खेलाडीलाई स्वतः प्रेरणा मिल्ने गर्छ । अनि यी खेलाडीले आफ्ना सिनियर दिदीलाई भन्ने गर्छन्, ‘दिदी यो उमेरमा पनि तपाइँको इन्ड्योरेन्स पावर कत्ति छ हगी ? हामी त यो उमेर पुगेपछि सक्दैनौं होला । दिदी तपाइँ कराएर खेल्नु है ! तपाइँ कराउनु भयो भने हामीलाई पनि जोस आउँछ ।’

राष्ट्रिय टोलीका साथ निरु थापा (१४ नम्बर जर्सी), तस्विरः एन्फा । 

युवा खेलाडीका यिनै शब्दहरुले निरुलाई यो उमेरसम्म पनि प्रेरणा दिइरहेको छ । अझै खेल्नुपर्छ भन्ने ढाँडस दिएको छ । यही ढाँडसबीच निरु विभागीय प्रतिष्ठाको लागि मैदानमा डटिरहेकी छिन् ।

महिला फुटबलको विभागीय दबदबाबीच पछिल्लो समय पुलिस समग्रमा तेस्रो नम्बरमा देखिन्छ । यद्यपि पुलिसले लिगमा फाइनल सम्मको यात्रा गरेको थियो । निरुको अबको लक्ष्य भनेको उपाधि धोको पूरा गर्नुनै हो । आफ्नो जन्मथलोमै त्यो सफलता हासिल गर्नेमा उनी आशावादी छिन् ।


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA