फाल्गुन २८, २०८१ बुधबार | ०७:४८:५६
टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध

टिम परिचयः श्री कुमारी, डिभिजन फुटबलमा बल्खु क्षेत्रको एक्लो प्रतिनिधि

काठमाडौं । काठमाडौं बल्खुको स्थानीय क्लब श्री कुमारीले ‘बी’ डिभिजन लिग खेल्न थालेको धेरै वर्ष भइसक्यो । जारी लिग श्री कुमारीको लागि सातौं अनुभव हो ।

टोली २०६८ सालको ‘सी’ डिभिजन लिगबाट दोस्रो स्थानमा रहँदै ‘बी’ डिभिजनमा उक्लिएको थियो । वर्षले १३ पूरा भए पनि निरन्तर विवादको सिकार बनिरहेको फुटबलमा ‘बी’ डिभिजन लिग यसबीचमा ६ पटक मात्र भएका छन् ।

जहाँ श्री कुमारीले न शीर्ष डिभिजन पुग्न बलियो चुनौती पेश गर्न सक्यो, न त टोलीले रेलिगेशनबाट बाच्न संघर्ष गर्नुपरेको छ । लिगकै भाषामा भन्दा श्री कुमारीले सेफ गेम खेलिरहेको छ ।  

तर, २०७८ सालको लिगमा भने टोली झण्डै रेलिगेसनमा परेको थियो । टोली त्यतिबेला १३औं स्थानमा रहँदा रेलिगेशनमा परेको सामाजिक युवा क्लबभन्दा दुई अंकले मात्र अगाडि थियो ।

उसोत क्लबले शीर्ष डिभिजन पुग्ने रहरै नगरेको पनि होइन । पहिल्दैदेखि एक न एक दिन शीर्ष डिभिजनको अनुभव लिने चाहना राखेको अध्यक्ष नकुल हमाल ठकुरी बताउँछन् ।

‘अहिलेसम्म हामीले जति पनि सिजन खेल्यौं, राम्रै गरेका छौं । हाम्रो संघर्ष जारी छ । फुटबल भनेको खेलाडीले खेलेर मात्र नहुने रहेछ । भाग्य पनि उत्तिकै चाहिने रहेछ,’ ठकुरी भन्छन्, ‘आउने दिनमा जे जस्तो आरोह–अवरोह आए पनि हामीले श्री कुमारीलाई शीर्ष डिभिजनमा पुर्याउने लक्ष्य बोकेका छौं ।’

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१–८२ अन्तर्गत आफ्नो पहिलो खेलमा बिग्रेड ब्वाइज क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै श्री कुमारी क्लबका राज कुमार स्याङताङ (१० नम्बर) र सुजन राना (२३ नम्बर), तस्विर सौजन्यः एन्फा ।

‘बी’ डिभिजन लिगका लागि र्कीतिपुरस्थित लेबरोटरी माध्यमिक विद्यालयको फुटबल चउरमा दैनिक दुई घण्टा प्रशिक्षण गरिरहेको श्री कुमारीको तयारी अन्तिम चरणमा छ । ‘म्याच डे’ नजिकिँदै जाँदा क्लबले पछिल्लो केही दिन ‘लाइट ट्रेनिङ’ गरिरहेको छ । क्लबले माघ २ गतेबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । अहिले क्लबको अन्तिम टोली सार्वजनिक भइसकेको छ । क्लबले यसपाली मोफसलमा खेलिरहेका खेलाडीलाई मौका दिएको छ । खेलाडी क्लबकै निजी भवनमा बसिरहेका छन् । क्लबले तयारीस्वरुप पनौतीमा नकआउट प्रतियोगिता खेलेको थियो । जहाँ क्लब उपविजेता बनेको थियो ।

क्लबको मुख्य प्रशिक्षकमा राजकुमार केसी र सहायक प्रशिक्षकको जिम्मेवारीमा क्लबका पूर्व खेलाडी रुकेश श्रेष्ठ छन् ।

एन्फा एकेडेमीको दोस्रो ब्याचका उत्पादन रुकेश आफु खेल्दा क्लब आर्थिक र प्राविधिक रुपमा संवृद्ध थिएन । तर अहिले दिन फेरिएको उनको अनुभव छ । यही कारण यसपाली शीर्ष डिभिजनको खुड्किलो पार गर्ने रुकेश विश्वास व्यक्त गर्छन् ।

‘शीर्ष डिभिजन चढाउन क्लबलाई चुनौती थियो । छ । शीर्ष डिभिजनमा बढुवा हुन क्लब सबै कुरामा सन्तुलित हुन आवश्यक छ । विगतका दिनमा हामीले विभिन्न कुरामा सम्झौता गरेका थियौं । तर, यसपाली हामी जसरी पनि शीर्ष डिभिजनमा चढ्ने भनेर लागिरहेका छौं,’ रुकेशले प्रतिक्रिया दिए, ‘अहिले आर्थिक र भौतिक रुपमा पनि हामी बलियो छौं । हामीलाई बाह्य क्षेत्रबाट पनि नैतिक र आर्थिक रुपमा सहयोग प्राप्त गरेका छौं ।’

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७५ का दौरान पूर्व कप्तान रुकेश श्रेष्ठ, तस्विर सौजन्यः एन्फा ।

क्लबले फरवार्ड लाइनलाई आफ्नो बलियो पक्ष बताएको छ ।  टोलीको अग्रपङ्क्तिमा इलामका दुई खेलाडी २४ वर्षीय स्ट्राइकर विनोद धमला र २३ वर्षीय विंगर मौसम राई छन् । विनोदले अघिल्लो सिजन सानेपाबाट ‘सी’ डिभिजन लिग खेलेका थिए । मौसम भने लगातार तेस्रो सिजन श्री कुमारीबाट ‘बी’ डिभिजन खेल्दैछन् ।

विनोद डिभिजन फुटबलको प्लेटफर्म पाएकोमा क्लबप्रति कृतज्ञ छन् । यही प्लेटफर्मको ऋण तिरिरहेको उनी बताउँछन् ।

‘बी डिभिजनका लागि उत्साहित छु । हाम्रो लक्ष्य खेल्नु मात्र होइन । जसरी क्लबले हामीलाई विश्वास गरेर आफ्नो फुटबल कौशल देखाउन प्लेटफर्म दिएको छ । यही प्लेटफर्मको भरपाईमा हामी केही दिनुपर्छ भनेर लागिरहेका छौं,’ विनोद क्लबप्रति ऋणी महसुस गर्छन्, ‘यसपाली लिग जित्ने लक्ष्य छ ।’

मौसम यसपाली युवा जोश अघिल्लो संस्करणभन्दा बढी रहेको बताउँछन् ।

‘अहिले युवा खेलाडीको बाहुल्य छ । जोशमा खेल्न सक्ने खेलाडी छन्,’ मौसमले भन्छन्, ‘हामी सय प्रतिशत दिन तयार छौं ।’

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१–८२ अन्तर्गत आफ्नो पहिलो खेलमा बिग्रेड ब्वाइज क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै श्री कुमारी क्लबका स्ट्राइकर विनोद धमला (निलो), तस्विर सौजन्यः एन्फा ।

फरवार्ड लाइनलाई स्थानीय मिडफिल्डर सुजन महर्जनले साथ दिनेछन् । सुजन लगातार दोस्रो पटक श्री कुमारीको जर्सीमा देखिँदैछन् । स्वयम्बूबाट ‘सी’ डिभिजन खेलेका २६ वर्षीय सुजनले त्यसअघि संकटाबाट ललित स्मृति यु–१८ लिग खेलेका थिए । उनी ‘बी’ डिभिजन खेल्नु नै एउटा चुनौतीको विषय रहेको बताउँछन् ।

‘लिग जित्न चुनौती नै छ । लिग खेल्नु आफैँमा चुनौतीको विषय हो । यसलाई हामीले अँगाली सकेका छौं,’ सुजनले भने, ‘जुनियर खेलाडी र सिनियर खेलाडीको तालमेल राम्रो छ । हामी जुनियर खेलाडीलाई आवश्यक सर–सल्लाह दिइरहेका छौं ।’

श्री कुमारी बल्खु टुकुसीको पूरानो क्लबमध्ये एक हो । सामाजिक क्लबका रुपमा स्थापना भएको श्री कुमारीलाई ‘मिनी वडा’ पनि भन्ने गरिन्छ । टुकसीमा धेरै क्लबहरु स्थापना भए । ती क्लबहरु डिभिजन फुटबलसम्म पनि पुगे । तर, अहिले श्री कुमारी एउटै मात्र क्लब हो जसले काठमाडौं महानगरपालिका १४ नम्बर वडाको गरिमालाई बचाइरहेको छ ।

क्लब २०४१ सालमा स्थापना भएको थियो । सामाजिक उद्धेश्य बोकेर गठित संस्थाले पछि खेलकुद र युवालाई पनि समेट्दै लानुपर्छ भन्ने विचारसहित खेलकुदमा लगानी गर्दै आएको हो । क्लबले पहिले क्रिकेटका प्रतियोगिताहरुमा पनि सहभागिता जनाउँथ्यो । अहिले भने क्लब फुटबलमा मात्र केन्द्रीत छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७८ मा श्री कुमारी क्लब, तस्विर सौजन्यः एन्फा ।

क्लबले ४०औं जन्मोत्सव मनाइरहँदा आर्थिक जोहो कसरी गरिरहेको छ त ?

‘अहिलेको परिवेशमा क्लब चलाउन निक्कै गाह्रो छ । एन्फाबाट केही सहयोग प्राप्त गरेका छौं । यसबाहेक हामीले क्लबका पूराना सदस्यहरु, स्थानीय व्यापारी, प्रतिष्ठानबाट आर्थिक सहायता लिइरहेका छौं,’ अध्यक्ष ठकुरी बताउँछन्, ‘स्थानीय सरकारसँग पनि समन्वय गरिरहेका छौं । हामीले मुख्य प्रायोजक भेट्टाएका छैनौं ।’

श्री कुमारीले २०५७ सालमा ‘सी’ डिभिजन छनोट खेलेको थियो । २०६१ सालमा ‘सी’ डिभिजनको हैसियत प्राप्त गर्न सफल क्लब सात वर्षपछि ‘बी’ डिभिजनमा बढुवा भएको थियो ।

श्री कुमारीले फागुन २६ गते सोमबार बिग्रेड ब्वाइज क्लबविरुद्ध आफ्नो पहिलो खेलमा २-१ को पराजय बेहोर्यो । आफ्नो दोस्रो खेलमा श्री कुमारीले चैत्र चार गते वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081