काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु-१६ लिगमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
पहिलो खेलमा एपिएफ थ्री स्टार क्लबसँग गोलरिहत बराबरीमा रोकिँदा सातादोबाटोले फ्रेन्ड्स क्लबसँग २-० को हार बेहोरेको थियो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले गोल गरे । सातदोबाटोका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको २४औं मिनेटमा अविनाशको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ४१औं मिनेटमा बिकेन खत्रीबाट आत्मघाती गोल हुन पुगेपछि सातदोबाटो बराबरीमा आयो ।
तेन्जिङले ६३औं मिनेटमा गोल गर्दै एपिएफलाई २-१ को रोमाञ्चक जित दिलाए ।
भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा फेरि उदाउनेछ PEPSICOLA TOWN PLANNING मा FOOTBALL को बिहानी
एपिएफसँग 9 गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League