फ्रेन्च लिग वान

एमबाप्पेको कीर्तिमान

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पे फ्रेन्च लिग वान को इतिहासमा एकै क्लबबाट एक सय गोल पूरा गर्ने कान्छा खेलाडी बनेका छन् ।

लिग वान अन्तर्गत पिएसजीले आइतबार मोनाकोमाथि २-० को जित हात पारेको थियो । पिएसजीका लागि दुवै गोल एमबाप्पेले गरेका थिए ।

१२औं मिनेटमा एमबाप्पेले पेनाल्टीको सदुपयोग गर्दैै उनको पूर्व क्लबविरुद्ध पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारेका थिए । जुन गाेलएमबाप्पेका लागि लिग वान को इतिहासमा एकै क्लबबाट एक सय गोल पूरा गर्ने कान्छा खेलाडी बन्न पर्याप्त बन्यो ।

एमबाप्पेले २२ वर्ष र तीन यस ५७ दिनमा यो कीर्तिमान रचेका हुन् । 

यस सिजन एमबाप्पेले लिग वानमा नौ गोल गरेका छन् भने १४ गोलका लागि असिस्ट गरेका छन् ।

पिएसजी १८ खेलमा ४५ अंकसहित लिग वान को शीर्ष स्थानमा छ । दोस्रो स्थानको मार्सेलीको ३२ अंक छ ।