एफए कप

युनाइटेडले भिल्लाको सामना गर्ने

लन्डन । म्यानचेस्टर युनाइटेडले एफए कपको तेस्रो चरणमा स्टेभन जेरार्डको एस्टन भिल्लाको सामना गर्ने भएको छ ।

उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता लेस्टर सिटीले भने वाट्फोर्डको समना गर्नेछ । 

लेस्टरले मेमा चेल्सीलाई १-० ले हराउँदै पहिलो पटक एफए कपको उपाधि जितेको थियो । 

गत संस्करणको उपविजेता चेल्सीले भने स्टामफोर्ड ब्रिजमा चेस्टरफिल्डलाई आतिथ्य प्रदान गर्नेछ । 

त्यस्तै लिभरपुलले लिग वान प्रतिद्धन्द्धी स्रेउस्बरी टाउन तथा टोटनहमले मोरेकाम्बेको सामना गर्नेछ ।

 इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले भने लिग टुको टोली सिउनडन टाउनको भ्रमण गर्नेछ । 

एफए कपको कीर्तिमानी १४ पटकको विजेता आर्सनलले भने नटिङघम फरेस्टको समना गर्नेछ ।

तेस्रो चरणका खेलहरु जनवरी सात देखी १० सम्म संचालन हुनेछ ।