सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलाे हाफमा च्यासल १-० ले अघि

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार न्युरोड टिम (एनआरटी) विरुद्धको पहिलो हाफमा च्यासल युथ क्लबले १-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । एनआरटीका मेसुके ओलोउमोउबाट आएकाे हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक भलि गोल गरे ।