सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलाे हाफमा थ्री स्टार र फ्रेन्ड्सकाे बराबर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टारक्लबबिचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसरहरु पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।