माघ १६, २०८२ शुक्रबार | २०:१२:२१
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

लिगको दोस्रो चरण सम्पन्नः गोल औसत घट्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण सोमबार सकिदाँ सहभागी सबै टोलीको फाइनल ‘थर्ड’ मा समस्या देखियो ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा निकै कम गोल भए । पहिलो चरणमा प्रतिखेल २.२८ को औसतमा १६ गोल भएका थिए । तर दोस्रो चरणमा यो घटेर १.० रह्यो । दोस्रो चरणका सात खेलमा मात्र सात गोल भए ।

लिगको पहिलो र दोस्रो चरणको समाप्तीसम्म १.६४ को औसतमा १४ खेलमा २३ गोल भएका छन् ।

साविक विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब सोमबार गोलरहित बराबरीमा रोकिएसँगै लिगको दोस्रो चरण टुङ्गिएको थियो ।

पछिल्ला सात खेलमा दुई गोल गर्ने संकटा एकमात्र टोली बन्दा सातदोबाटो, फ्रेन्ड्स, च्यासल, नेपाल पुलिस र मनाङ मर्स्याङदीले समान एक गोल गरे । त्यस्तै आर्मी, मछिन्द्र, एपिएफ, थ्री स्टार, एनआरटी, ब्रिगेड ब्वाइज, जावलाखेल र हिमालयन शेर्पा दोस्रो चरणमा गोल गर्न असर्मथ रहे ।

दोस्रो चरणको पहिलो खेलमा शुक्रबार नवप्रवेशी सातदोबाटोले थ्री स्टारलाई १-० ले पराजित गर्दा सोही दिनको दोस्रो खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गर्यो ।

शनिबार च्यासलले विभागीय टोली एपिएफलाई १-० ले पराजित गर्यो । मनाङले हिमालयन शेर्पाको चुनौती १-० ले पाखा लगायो ।

आइतबारको एकमात्र खेलमा पुलिसले जावलाखेललाई १-० ले पराजित गर्यो ।

सोमबार ब्रिगेड ब्वाइजले एनआरटी तथा साविक विजेता मछिन्द्रले गत सिजनको उपविजेता आर्मीसँग गोलरहित बराबरी खेले ।

लयमा मनाङ, आर्मीलाई सकस

मंसिर तीन गतेदेखि सुरु भएको लिगको दोस्रो चरणका खेल सकिदाँसम्म उपाधिको लक्ष्य बोकेको मनाङ मर्स्याङदी दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

दोस्रो चरणको समाप्तीसम्म उपाधि लक्ष्य बोकेका अन्य टोली आर्मी, मछिन्द्र र पुलिसमध्ये आर्मी सबैभन्दा धेरै समस्यामा रह्यो ।

दुवै खेलमा बराबरी नतिजामा सीमित भएको आर्मी दुई अंकसहित नवौं स्थानमा छ । आर्मी पहिलो खेलमा पुलिससँग १–१ को बराबरीमा रोकिएको थियो ।

त्यस्तै दुई खेलबाट चार अंक जोडेको संकटा दोस्रो, चारै अंक जोडेका ब्रिगेड ब्वाइज तेस्रो, मछिन्द्र चौथो, पुलिस पाँचौ र सातदोबाटो छैटौं स्थानमा छन् ।

लिगको सातौं स्थानमा समान तीन अंक जोडे पनि गोल आधारमा थ्री स्टार र आठौं स्थानमा च्यासल युथ क्लब छन् । त्रिभुवन आर्मी फुटबल क्लब दुई अंकसाथ नवौं स्थानमा रहँदा एक/एक जोडेका फ्रेन्ड्स, हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) क्रमस १०औं, ११औं र १२औं स्थानमा छन् ।

दोस्रो चरण समाप्त हुदाँसम्म खाता खेल्न नसकेको विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लब लिगको रेलिगेशन जोनमा छन् ।

नवप्रवेशी सातदोबाटोको सनसनी,

पहिलो खेलमा च्यासलमाथी ३-० को फराकिलो जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसामु भने निरिह देखियो । नवप्रवेशी सातदोबाटोले थ्री स्टारमाथी १-० को जित निकाल्दै अनुभवविहिन भए पनि कमजोर नरहेको सन्देश दियो । सातदोबाटोले यसअघि लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो ।

संकटमा एपिएफ,

दुई खेलको समाप्तीमै कुनै पनि टोली ‘संकट’ मा रहेको भन्न हतार होला । अझै ११ खेल बाँकी छन् । तर प्रत्येक सिजन लिगमा आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्ने विभागीय टोलीमध्येको सबैभन्दा कान्छो र कमजोर मानिएको एपिएफले यस सिजन पनि दुई खेल खेल्दासम्म आफ्नो छवि सुर्धान सकेको छैन ।

अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ र दोस्रो खेलमा च्यासलसँग १-० ले पराजित भयो ।

२३ पहेलो कार्ड,

दोस्रो चरणमा रेफ्रीले खल्तिबाट कुल २३ पहेलो कार्ड निकाले जसमा आर्मी र एनआरटीले तीन, मछिन्द्र, ब्रिगेड ब्वाइज, सातदोबाटो, एपिएफ, संकटा र हिमालयन शेर्पाले समान दुई पहेलो कार्डको दर्शन गरे । त्यस्तै मनाङ, जावलाखेल, पुलिस, थ्री स्टार र च्यासलले एक/एक पहेलो कार्डको दर्शन गर्दा फ्रेन्ड्सले दोस्रो चरणमा एउटै कार्डको सामना गरेन ।

दोस्रो चरणमा हिमालयन शेर्पाका युगलकिशोर राई पहेलो कार्डको दर्शन गर्ने एकमात्र प्रशिक्षक बने ।

लिगको पहिलो चरणमा एक रातोसहित २४ कार्ड निस्किएको थियो ।

तेस्रो चरणका खेलहरु १७ गतेदेखि सुरु हुँदैछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।