शहिद स्मारक ए डिभिजन लिग

पहिलो हाफमा पुलिस र जावलाखेल बराबर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार विभागीय टोली नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबिचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफको ३९औं मिनेटमा रुपबहादुर लामाले करिब ३० यार्ड परबाट गरेको फ्रिकिक प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएपछि जावलाखेल अग्रता लिनबाट चुकेको थियो ।

लगत्तै ४०औं मिनेटमा पुलिसका रवि पासवानाले देब्रे कर्नर साइटबाट गरेको क्रसमा तेज तामाङको प्रहारको जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाएका थिए ।