सहिद स्मारक लिग

फ्रेन्ड्सलाई अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत संकटा क्लबविरुद्धको पहिलो हाफमा फ्रेन्ड्स क्लबले १–० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४२औं मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता लिएको हो । प्रकाशले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।