सहिद स्मारक लिग

सातदोबाटोसँगको हार उपाधि यात्रामा महंगो पर्न सक्छः उज्जन श्रेष्ठ

काठमाडौं । थ्री स्टार क्बलका प्रशिक्षक उज्जन श्रेष्ठले सातदोबाटो युथ क्लबसँगको हार टोलीको उपाधि यात्रामा महंगो साबित हुन सक्ने बताएका छन् ।

शुक्रबार सम्पन्न दोस्रो चरणको पहिलो खेलमा थ्री स्टार सातदोबाटोसँग १-० ले स्तब्ध भएको थियो ।

‘हामीले स्वभाविक प्रदर्शन गर्न सकेनौ । मिडफिल्डर हेमन्त थापामगर अस्वस्थता कारण पहिलो रोजाईमा मैदान उत्रन सकेनन्’ ,श्रेष्ठले भने, ‘उनको अनुपस्थितीले टोलीलाई घाटा पुग्यो । अन्तिम केही मिनेटमा हेमन्तलाई मैदान उतारेपनि खेलमा फर्कने सकेनौ । ’

उज्जनले सातदोबाटोले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

‘हाम्रा लागि आजको हार उपाधि यात्रामा धेरै महंगो साबित बन्न सक्छु’, उज्जनले थपे ।