फ्रेन्च लिग वान

म अहिले पिएसजीमै रमाइरहेको छुः एमबाप्पे

पेरिस । फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा रमाइरहेको बताए पनि क्लबमा आफ्नो भविष्यबारे बोल्न अस्विकार गरेका छन् ।

‘मलाई अहिलेसम्म मेरो पिएसजीको आगामी बसाई बारेमा केही थाहा छैन्,’ एमबाप्पेले भने, ‘म अहिले पेरिसमा छु । मैले पहिले नै भनिसके यहाँ मैले पाँच असाधारण वर्ष विताएको छु, मैले पिएसजी बसाईका हरेक पलहरु रमाइलो साथ बिताएको छु ।’

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजी भित्रिएका थिए ।

पछिल्लो केहि सिजनबाट एमबाप्पेलाई भित्राउन स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड लागिपरेको छ । यद्धपी पिएसजीले सार्वजनिक रुपमै एमबाप्पको भविष्य क्लबमै रहेको बताउँदै आएको छ ।