वैशाख २८, २०८२ आइतबार | १५:२९:३८
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

विजयीयात्रालाई निरन्तरता दिने अभियानमा इटाली, स्विट्जरल्यान्डसँग जितको विकल्प छैन 

रोम, (खेलाडी)- टर्कीलाई प्रभावशाली अन्तरमा हराउँदै प्रतियोगिताको सुखद सुरुआत गरेको इटाली आज राति स्विट्जरल्यान्डविरुद्धको खेलमा जित हासिल गर्दै जारी युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरणको ढोका खोल्ने योजनामा छ ।

प्रतियोगिताको उदघाटन खेलमा टर्कीमाथि ३-० को जित हासिल गरेको इटाली समूह ‘ए’को शीर्ष स्थानमा छ । पहिलो खेलमा बराबरी नतिजा निकालेका स्विट्जरल्यान्ड र वेल्सको खातामा समान एक अंक छ भने टर्कीको खातामा कुनै अंक छैन । 

समूहको दोस्रो खेलमा इटालीले आज साडियो ओलम्पिको रंगशालामा नेपाली समयअनुसार मध्यरातको पौने एक बजे स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१८ को विश्‍वकपमा छनोट हुन असफल भएको इटालीलाई जारी युरो २०२० को उपाधि दाबेदारमध्ये एकका रुपमा हेरिएको छ । इटालीले पछिल्लो ९ खेलमा कुनै गोल खाएको छैन । युरो २०२० को छनोटमा पनि इटालीले लगातार ९ खेलमा आफ्नो पोष्‍ट सुरक्षित राख्‍न सफल भएको थियो । सुखद सुरुआत र घरेलु दर्शकको साथ इटालीका लागि आज पनि उर्जा बन्‍न सक्छ ।

‘हामीले टर्कीविरुद्ध उत्कृष्‍ट खेल्यौं । हामी सुखद सुरुआत गर्न सफल भएका थियौं,’ इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले भने, ‘हामी पहिलो खेलको सफलतालाई स्विटजरल्यान्डविरुद्ध पनि निरन्तरता दिन चाहन्छौं ।’

स्विट्जरल्यान्डले युरोपियन च्याम्पियनसिपको इतिहासमा खेलेकामध्ये १४ खेलमा मात्र जित हासिल गरेको छ । यद्धपी टोलीले पछिल्ला १५ खेलमा एक खेल मात्र गुमाएको छ । शनिबार बाकुमा भएको खेलमा अग्रता जोगाउन नसक्दा भ्लादिमिर पेट्कोभिचको टोली वेल्ससँग अंक बाँढ्न बाध्य भएको थियो । इटालीविरुद्धको हारले स्विट्जरल्यान्डको प्रतियोगिता यात्रा समूह चरणमै टुंगिन सक्छ । त्यसैले टोलीले आज मैदानमा कुनै गल्ती नगर्ने प्रयास गर्नेछ । 

‘वेल्सविरुद्ध हामीले धेरै गोलको अवसर र्सिजना गरे पनि फिनिसिङमा चुक्यौं,’ पेट्कोभिचले भने, ‘अग्रता जोगाउन नसक्दा प्रतियोगितामा सुखद सुरुआत गर्न सकेनौं । अघिल्लो चरणको प्रवेश सम्भावना कायम राख्‍न पनि इटालीविरुद्ध स्पष्‍ट ३ अंकको विकल्प छैन । त्यसैले आज हामी मैदानमा कुनै गल्ती नगर्ने प्रयासमा हुनेछौं ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP