असार १७, २०८२ मंगलबार | ०७:३०:०५
भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बासडमा नियुक्त थोमस पार्टीले छाडे आर्सनल

पहिलो ट्वान्टी-२० मा भारत विजयी

काठमाडौं । भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा ९७ रनको सहज जित दर्ता गरेको छ ।

जितसँगै भारतले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ ।

नटिङघमस्थित ट्रेन्ट ब्रिजमा भारतले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १४.५ ओभरमा ११३ रनमै समेटियो ।

इङ्ल्यान्डका लागि कप्तान नटालियन स्क्रिभर ब्रन्टले ४२ बलमा १० चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरिन् । यसैगरी एमिली लुइस अर्लोटले १२ र ट्यामी ब्युमन्टले १० रन बनाए ।

भारतका लागि श्री चरानीले चार, दिप्ति शर्मा र राधा यादवले समान दुई तथा अमनजोत कौर र अरुनधती रेड्डीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१० रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कार्यवहाक कप्तान स्मृति मन्धनाले ६२ बलमा १५ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११२ रनको योगदान गरिन् । यससँग स्मृति तीन फर्म्याटमा शतक प्रहार गर्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन् । यसैगरी हर्लिन देओलले ४३, शफाली वर्माले २० र ऋचा घोषले १२ रन बनाए ।

इङ्ल्यान्डका लागि लोरेन बेलले तीन तथा एमिली लुइस अर्लोट र सोफी एक्लेस्टोनले समान उक विकेट लिए ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3