चैत्र १४, २०८२ शनिबार | १०:५२:१८
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

सहज जितसँगै भारत यु १९ एसिया कपकाे फाइनलमा

दुबई । बंगलादेशमाथि एक सय तीन रनको फराकिलो जित निकाल्दै बिहीबार भारत यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को सारजाह क्रिकेट रंगशालामा दुई सय ४४ रनको लक्ष्य पछ्याएको बंगलादेशले सबै विकेट गुमाउनुअघि एक सय ४० रनमात्र जोड्न सक्यो ।

बंगलादेशका अरिफुल इस्लामले ४२ रन जोडे । त्यस्तै महफिजुल इस्लामले २६, कप्तान रकिबुल हसनले १६ र आशिकर जमनले १५ रन जोडे ।

भारतका राजवर्धन हंगरगेकर, रवि कुमार, राज बावा र बिक्की ओस्तावलले दुई/दुई विकेट लिए । त्यस्तै निशान्त सिन्धु र कुशल तम्बेको नाममा समान एक विकेट रह्यो ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रनको योगफल तयार गरकाे थियाे।

भारतका राशिदले सर्वाधिक ९० रन बनाएका थिए । राशिदले एक सय आठ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै बिक्की ओस्तवलले २८, कप्तान यस धुलले २६, राज बावाले २३ र अङ्क्रिस रघुवंशीले र राजवर्धन हंगरगेकरले समान १६ रन जोडेका थिए ।

बंगलादेशका रकिबुल हसनले तीन विकेट लिएका थिए । त्यस्तै तन्जिम हसन, नैमुर रोहमन, एसएम मेहेरोब र अरिफुल इस्लामले समान एक विकेट लिएका थिए ।

यससँगै भारतले उपाधिका लागि श्रीलंकाकाे सामना गर्ने भएकाे छ । बिहीबारै भएकाे खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पराजित गर्दै फाइनलकाे टिकट काटेकाे थियाे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो