चैत्र १६, २०८२ सोमबार | ००:२५:४१
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

टेलरकाे संन्यास

 वेलिङटन । न्युजिल्यान्ड क्रिकेट टोलीका ब्याटर रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

टेलरले बिहीबार घरेलु मैदानमा जनवरी १ देखि सुरु बंगलादेशविरुद्ध दुई टेस्ट खेलको शृंखला र अस्ट्रेलिया र घरेलु मैदानमै नेदरल्यान्ड्सविरुद्वको एकदिवसीय शृंखलापछि संन्यास लिने घोषणा गरेका हुन् ।

३७ वर्षिय टेलरले न्युजिल्यान्डबाट एक सय १० टेस्ट खेलेका छन् र टोलीबाट टेस्ट र एकदिवसीय क्रिकेटका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

‘राष्ट्रबाट प्रतिनिधित्व गर्न पाउँदा आफूलाई भाग्यशाली भएको अनुभुती गरेका छु । यो निकै उत्कृष्ट यात्रा रह्यो । आज म घरेलु मैदानमा हुने शृंखलापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गर्दैछु,’ टेलरले भने, ‘अब बंगलादेशविरुद्व अरु दुई टेस्ट, अस्ट्रेलिया र नेदरल्यान्डससँगको समान तीन एकदिवसीय क्रिकेट मात्र । १७ वर्षसम्म समर्थन गर्ने सम्पूर्णमा धन्यवाद ।’

टेलरले सन् २००६ को मार्चमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीयबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्तै सन् २००७ को नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय टेस्ट खेलेका थिए ।

यसै वर्षको सुरुआतमा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्दा न्युजिल्यान्डका कप्तान केन विलियम्सनसँगै टेलर टोलीका महत्वपूर्ण सदस्य थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो