माघ १८, २०८२ आइतबार | १२:२९:४५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

टेलरकाे संन्यास

 वेलिङटन । न्युजिल्यान्ड क्रिकेट टोलीका ब्याटर रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

टेलरले बिहीबार घरेलु मैदानमा जनवरी १ देखि सुरु बंगलादेशविरुद्ध दुई टेस्ट खेलको शृंखला र अस्ट्रेलिया र घरेलु मैदानमै नेदरल्यान्ड्सविरुद्वको एकदिवसीय शृंखलापछि संन्यास लिने घोषणा गरेका हुन् ।

३७ वर्षिय टेलरले न्युजिल्यान्डबाट एक सय १० टेस्ट खेलेका छन् र टोलीबाट टेस्ट र एकदिवसीय क्रिकेटका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

‘राष्ट्रबाट प्रतिनिधित्व गर्न पाउँदा आफूलाई भाग्यशाली भएको अनुभुती गरेका छु । यो निकै उत्कृष्ट यात्रा रह्यो । आज म घरेलु मैदानमा हुने शृंखलापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गर्दैछु,’ टेलरले भने, ‘अब बंगलादेशविरुद्व अरु दुई टेस्ट, अस्ट्रेलिया र नेदरल्यान्डससँगको समान तीन एकदिवसीय क्रिकेट मात्र । १७ वर्षसम्म समर्थन गर्ने सम्पूर्णमा धन्यवाद ।’

टेलरले सन् २००६ को मार्चमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीयबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्तै सन् २००७ को नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय टेस्ट खेलेका थिए ।

यसै वर्षको सुरुआतमा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्दा न्युजिल्यान्डका कप्तान केन विलियम्सनसँगै टेलर टोलीका महत्वपूर्ण सदस्य थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।