काठमाडौं । भारतीय क्रिके बोर्ड (बिसिसीआइ)ले आगामी युवा ब्याटर शुभमन गिललाई टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ ।
इङ्ल्यान्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाएका हुन् । यसैगरी ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएकाे छ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास लिएपछि गिललाई नयाँ कप्तान चयन गरिएको हो ।
हाल इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटान्सको कप्तानी सम्हालिरहेका गिलले टिमलाई प्लेअफसम्म पुर्याएका छन् । तर उनीसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको धेरै अनुभव छैन ।
भारतले इङ्ल्यान्डसँग पाँच टेस्टको शृंखला खेल्दैछ । शृंखला जुन २० देखि सुरु हुनेछ ।
भारतीय टोली
शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, ऋषभ पन्त (उपकप्तान, विकेटकिपर), अभिमन्यु ईश्वरन, करुण नायर, नितिशकुमार रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दिप, कुलदीप यादव