माघ २१, २०८१ सोमबार | १७:४९:४९
वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित नेदरल्यान्ड्सविरुद्ध ८६ रनमै समेटियो थाइल्यान्ड नेपाली युवा टोलीको प्रशिक्षण टोलीमा थपिए राजु तामाङ आइसिसी यु-१९ विश्वकप: ‘टिम अफ द टुर्नामेन्ट’मा पूजा एस्टन भिल्ला पुगे मार्कस रासफोर्ड रुडिगर कम्तिमा पनि तीन साता मैदान बाहिर रहने

नेपालको लगातार तेस्रो हार

काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलामा नेपालले लगातार तेस्रो हार बेहारेको छ ।

आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो ।

डच टोलीविरुद्ध नेपालको यो लगातार तेस्रो पराजय हो । यो हारसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन र थाइल्यान्डसँग चार विकेटको हार बेहोरेको थियो । ट्रिपल राउण्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा थाइल्यान्ड र नेदरल्यान्ड्सले दुई खेलमा चार अंक जोडेको छ । यही कारण नेपालले गणितीय सम्भावना कमजोर बनेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सफल भयो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन् । त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए । त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४० रनको योगफल खडा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान  बाबेट डे लीडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रनको योगदान गरिन् । त्यस्तै मध्यक्रमकी ब्याटर हेथर सेगर्सले २३ बलमा तीन चौका र एक छक्कासहित २६ रन बनाइन् । यसैगरी ओपनर फेबे मोल्केनबोएर र चौथो नम्बरका ब्याटर रोविन रिकेले समान २१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एकसमय विशाल लक्ष्यतर्फ अग्रसर देखिएको नेदरल्यान्ड्सलाई कम रनमा रोक्न नेपाली स्पीनर सीता रानामगरले १८औं ओभरमा तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएकी थिइन् । समग्रमा उनले पाँच विकेट लिइन् ।

त्यस्तै मनिषा उपाध्यायले दुई विकेट हात पार्दा कविता जोशी र कप्तान इन्दु वर्माको नाममा एक विकेट रह्यो ।

नेपालले अब आफ्नो चौथो खेलमा मंगलबार थाइल्यान्डको सामना गर्नेछ ।
 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’