कार्तिक २२, २०८२ शनिबार | ०४:०७:५७
‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण
शनिबारको दिन

१३ नम्बरसँग हरि खड्काको संयोग

काठमाडौं । हरि खड्का अर्थात् नेपाली फुटबलले पाएको अहिलेसम्मकै सर्वोत्कृष्ट स्ट्राइकरमध्ये एक । नेपाली फुटबलका ‘लिजेन्ड’ ।

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरिले अन्तर्राष्ट्रिय फुटबलमा एक दशकसम्म आफ्नो छेउछाउ कसैलाई आउन दिएनन् । एक्लै राज गरे । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोलको र्कीतिमान पनि यही बेला बनेको हो ।

हरिको नाममा १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान छ । यो उपलब्धि उनले सन् २००३ मा हासिल गरेका थिए । अहिलेसम्म पनि यो कीर्तिमान कसैले भंग गर्न सकेका छैनन् । यद्यपि कुनै बेला उनकै राष्ट्रिय टोलीका सहकर्मी नीराजन रायमाझी र वर्तमान स्टार खेलाडी अञ्जन विष्टले पनि १३ गोल गरेका छन् ।

संयोग के भइदियो भने देशका लागि १३ गोल गरेका हरि राष्ट्रिय टोलीका १३औं नेपाली प्रशिक्षक बनेका छन् । 

नेपाली फुटबलमा हरिको प्रसङ्ग निकालिरहनु पर्दैन । नेपाली फुटबलको संवादमा  हरिको त्यो छवि र योगदान जहाँ कहीँ ठोक्किहाल्छ । वास्तवमै भन्ने हो भने नेपाली फुटबलको इतिहास हरिविना अपुरो बन्छ । त्यति योगदान छ, हरिको नेपाली फुटबलप्रति । हरिसँग जोडिने अहिले फेरि नयाँ प्रसङ्ग निस्किएको छ । हरि राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक बनेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का र सहायक प्रशिक्षक चेतनकुमार घिमिरे, तस्विरः एन्फा ।

गत साता निर्वतमान मुख्य प्रशिक्षक म्याथ्यु रसले पदबाट राजीनामा दिएसँगै हरिले अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी पाएका हुन् ।

संयोग के भइदियो भने देशका लागि १३ गोल गरेका हरि राष्ट्रिय टोलीका १३औं नेपाली प्रशिक्षक बनेका छन् । यही संयोगबीच हामीले हरिका ती १३ गोल फर्केर हेर्ने प्रयास गरेका छौं ।

यस्ता थिए हरिका १३ गोल

पहिलो गोलः सार्क विस्टोल गोल्डकप, सन् १९९५ (श्रीलंका)सन् १९९५ मा श्रीलंकाको कोलम्बोमा भएको सार्क विस्टोल गोल्डकपमार्फत हरिले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोरेको थियो । अर्को खेल पाकिस्तानविरुद्ध थियो । नेपाललाई सेमिफाइनलमा स्थान सुरक्षित गर्न पाकिस्तानलाई कम्तीमा पनि २ गोलको अन्तरले हराउनुपर्ने थियो ।

पाकिस्तानविरुद्ध हरिले पहिलो रोजाइमै मौका पाए । पहिलो गोलका लागि बालगोपाल महर्जनलाई पास मिलाइदिएका हरिले दोस्रो गोल आफैंले गरेका थिए । अट्याकिङ डिफेन्डर देवनारायण चौधरीले पेनाल्टी बक्सभन्दा बाहिर बायाँ साइडबाट उपलब्ध गराएको पासमा हरिले गोल गरेका थिए । नेपाल २-० ले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्यो । सेमिफाइनलमा घरेलु टोली श्रीलंकासँग नेपाल अन्तिम समयमा स्तब्ध बनेको थियो । १-१ को बराबरीपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । श्रीलंकाले १२०औं मिनेटमा गोल गर्दै बाजी मारेको थियो । पछि भारतलाई हराउँदै श्रीलंकाले फाइनल पनि जित्यो ।

दोस्रो गोलः सातौं साफ खेलकुद, १९९५ (भारत)सातौं दक्षिण एसियाली महासंघीय खेलकुद (तत्कालीन साफ, हाल साग) भारतको मद्रासमा भएको थियो । पहिलो खेल माल्दिभ्सविरुद्ध थियो । सेमिफाइनल समीकरणमा आफ्नो स्थान बलियो बनाउन नेपाललाई जित अत्यावश्यक थियो । हरिले दीपक अमात्यको पासमा हावामा उडिरहेको बललाई दायाँ खुट्टाले भली प्रहार गर्दै निर्णायक गोल गरे । नेपाल १–० ले विजयी भयो । समूहको अर्को खेलमा बंगलादेशसँग २–१ ले पराजित हुनाका बावजुद दोस्रो स्थानमा रहेर नेपाल सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा भारतसँग हारेको नेपाल कांस्य पदक भिडन्तमा पनि श्रीलंकासँग निराश हुनुपर्यो ।

तेस्रो गोलः एसियन कप छनोट, १९९६ (ओमान)हरिको तेस्रो अन्तर्राष्ट्रिय गोल ओमानविरुद्ध थियो । अवसर थियो, एएफसी एसियन कप छनोटअन्तर्गत समूह ५ को खेल । इरानको तेहरानमा भएको पहिलो लेगमा नेपालले ओमानसँग ७-० को हार बेहोरेको थियो । दोस्रो लेग ओमानको मस्कटमा भएको थियो । यसपटक पनि नेपाल २-१ ले पराजित भयो । जसमा हरिले एक गोल गरेका थिए । स्ट्राइकर नरेन्द्र श्रेष्ठको पासमा हरिले वान टचमा गोल गरेका थिए ।

चौथो गोल: विश्वकप छनोट, १९९७ (ओमान)सन् १९९८ मा फ्रान्समा हुने फिफा विश्वकपका लागि नेपालले एएफसी छनोट प्रतियोगिता खेलेको थियो । नेपाल, जापान, ओमान र मकाउ समूह ४ मा थिए । ओमानको सुल्तान रंगशालामा १-० ले पछाडि परेको नेपालका लागि हरिले बराबरी गोल फर्काएका थिए । यसपालि पनि हरिलाई नरेन्द्रकै पास रह्यो ।

नियुक्ति पत्र लिँदै हरि खड्का (बायाँ)  ।

पाँचौं र छैंटौं गोल: साफ गोल्डकप, १९९९ (भारत)सन् १९९९ को साफ गोल्डकपमा नेपाल समूह ‘बी’मा थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तीनवटै गोल नरेश जोशीले गरेका थिए । दोस्रो खेलमा माल्दिभ्सले नेपालको चुनौती ३-२ ले पन्छायो । जतिबेला माल्दिभ्सको पोस्टमा दुवै गोल हरिले गरेका थिए ।माल्दिभ्सले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा यही गोल दुई टोलीबीचको भिन्नता रह्यो । खेलको ६५औं मिनेटमा नरेशको पासमा हारिले खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि नेपालको गल्तीमा माल्दिभ्सले ८५ मिनेटभित्र दुई गोल गर्यो । माल्दिभ्सले ३-१ को अग्रता बनायो । निर्धारित समयको अन्तिम मिनेटमा हरिले व्यक्तिगत दोस्रो गोल गरे । तर, हार भने टार्न सकेनन् । हारका बावजुद नेपाल सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा बंगलादेशसँग २-१ ले पराजित नेपाल तेस्रो स्थानको भिडन्तमा फेरि माल्दिभ्ससँग हार्न पुग्यो ।

सातौं, आठौं, नवौं र १०औं गोल: आठौं साफ खेलकुद, १९९९ (काठमाडौं)आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ, अहिले साग) मा नेपाल, भारत, पाकिस्तान र भुटान समूह ‘बी’मा थिए । पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले हरायो । यो जित नेपाली फुटबल इतिहासकै अहिलेसम्मको ठूलो अन्तरको जित हो ।

करिअरकै उत्कृष्ट लयमा रहेका हरिले खेलको दोस्रो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई अग्रता दिलाएका थिए । हरिले पहिलो बारमा गरेको प्रहारलाई भुटानी गोलकिपर छिरिङले बचाउन सकेनन् । यो पेनाल्टी हरि आफैंले सिर्जना गरेका थिए । तीन मिनेटपछि हरिले व्यक्तिगत दोस्रो गोल गरे । दायाँ साइडबाट नरेश (जोशी)को पासमा हरिले हेड गोल गरेका थिए ।

दोस्रो खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले हराउँदा एक गोल हरिले गरेका थिए । खेल १-१ को बराबरीमा रहँदा हरिले ६१औं मिनेटमा नेपाललाई २-१ को अग्रता दिलाएका थिए । यो उनको नवौं अन्तर्राष्ट्रिय गोल थियो ।

सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि २-१ को विजयी हासिल गर्यो । खेलको ११औं मिनेटमा नरेशले नेपाललाई १-० को अग्रता दिलाए । त्यसको चार मिनेटपछि नै हरिले गोल गरेपछि नेपाल २-० ले अगाडि बढ्यो । माल्दिभ्सले पहिलो हाफ सकिन तीन मिनेट बाँकी छँदा एक गोल फर्काएको थियो । त्यसपछि कुनै पनि गोल भएन । नेपाल फाइनल पुग्यो । फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै स्वर्णबाट वञ्चित भएको थियो ।

कोरियामा भएको ‘२००४ एएफसी एसियन कप छनोट’का दौरान नेपाली राष्ट्रिय फुटबल टोली, तस्विर सौजन्यः जीवेशकुमार पाण्डे ।

११औं र १२औं: विश्वकप छनोट, २००१ (इराक र काजकिस्तान)सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकपका लागि नेपालले एएफसी छनोट प्रतियोगिता खेलेको थियो । नेपाल, इराक, मकाउ र काजकिस्तान समूह ६ मा थिए । नेपालले अरू खेलमा हार बेहोरे पनि मकाउविरुद्ध दुवै लेगमा विजयी हासिल गरेको थियो । इराकको राजधानी बगदादमा सम्पन्न पहिलो लेगमा नेपालले मकाउलाई ४-१ ले हराएको थियो । यो खेलमा हरिले आफ्नो ११औं अन्तर्राष्ट्रिय गोल गरे । नीराजन रायमाझी र हरिको तालमेलमा त्यो गोल भएको थियो । खेलमा नीराजनले पनि दुई गोल गरेका थिए ।

नेपालले इराकविरुद्धको दोस्रो लेगमा ४-२ को पराजय बेहोरेको थियो । काजकिस्तानको अल्माटीमा सम्पन्न खेलमा हरि र नीराजनले गोल गरेका थिए ।

हरिले नीराजन र मिडफिल्डर कुमार थापाको सहयोगमा गोल गरेका थिए । कुमारले नीराजनलाई चलाखीपूर्ण तरिकाले ब्याकपास दिएका थिए । त्यसपछि नीराजन र हरिबीच वान टु वान पास भयो । त्यसपछि हरिले इराकका तीन रक्षकलाई बिट गर्दै बल पेनाल्टी बक्ससम्म पुर्याए । अनि इराकका गोलकिपर अगाडि बढेको अवस्थामा चिप गर्दै गोल गरे ।

१३औं गोल: एसियन कप छनोट, २००३ (काठमाडौं)सन् २००४ को एसियन कपका लागि एएफसीले छनोट प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो चरण नेपालमै भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अफगानिस्तान र किर्गिस्तानको आतिथ्यता गरेको थियो । नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ४-० ले हराउँदा हरिले एक गोल गरेका थिए । जुन राष्ट्रिय जर्सीमा उनको १३औं तथा अन्तिम गोल रह्यो । त्यस खेलमा नीराजनले दुई तथा दीपक लामाले एक गोल गरेका थिए ।

दोस्रो खेलमा किर्गिस्तानसँग २-० ले हारे पनि नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । दक्षिण कोरियामा भएको दोस्रो चरणमा नेपाल जितविहीन बनेको थियो ।