बायर्न म्युनिख

कोभिडको मारमा बायर्न, थप एक खेलाडीमा संक्रमण पुष्टि


म्युनिख । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका विङ्ग ब्याक अल्फोन्सो डेभिस कोभिड संक्रमित भएका छन् । यससँगै कोभिडको निकै मारमा रहेको बायर्नमा संक्रमितको संख्या १० पुगेको छ ।

बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखका कप्तान म्यानुअल नुयर, किंस्ले कोम्यान, कोरेन्टिन टोलिसो र ओमर रिचड्स, लुका हर्नान्डेज, ट्यागाइ नियाजोउ, लोरे साने र ड्यायोट उपामेकानोसँगै डेभिस संक्रमितको सुचिमा थपिएका हुन् ।

बायर्न म्युनिखका सहायक प्रशिक्षक डिनो टोपमोलर समेत संक्रमित छन् ।

बायर्नले शुक्रबार बुन्डेसलिगाअन्तर्गत बोरूसिया मुन्चेनल्गाडबाखसँग प्रतिस्पर्धा गर्दैछ ।

पछिल्लो सात खेलमा शतप्रतिसत नतिजा निकालेको बायर्न नौ अंकको स्पष्ट अग्रतासहित तालिकाको शीर्ष स्थानमा छ । बायर्नले १७ खेलबाट ४३ अंक जोडेको छ ।