वैशाख २८, २०८२ आइतबार | १०:०९:२५
एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा

एन्फा कार्यसमिति बैठक: दुई धूर्व स्पष्टरूपमा प्रस्तुत हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दै छ । एन्फा मुख्यालयमा दिउँसो बस्ने बैठकमा कार्यसमितिका दुई धूर्व औपचारिकरूपमा प्रस्तुत हुनेछन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको टसलसँगै आजको बैठकमा निर्वाचन छलफलको मुख्य विषय बन्नेछ । विभिन्न एजेन्डामा छलफल हुने कार्यतालिका रहे पनि आजको बैठक अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पक्षधरको लडाईमा केन्द्रित हुने अनुमान छ ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्यद्वय दावा तामाङ र किरण राईलगायत सात जनाले आह्वान गरेसँगै करिब ११ महिनापछि एन्फाको पूर्णकालिन बैठक बस्न लागेको हो ।

एन्फा कार्यसमिती सदस्यले विधानअनुसार एजेन्डा थप गर्न माग गरेका थिए । यद्यपि, किरण राईले थप्न माग गरेका एजेन्डाबाहेक अन्य विषय समेटिएका छैनन् । एन्फाको सचिवालयले बैठकका लागि १९ एजेन्डा तय गर्दै कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पत्राचार गरेको थियो । त्यसमाथि नेम्वाङ, खड्का, राई र लामाले आफ्ना तर्फबाट एजेन्डा थपको प्रस्ताब गरेका थिए ।

फिफाको प्रतिबन्धमा रहेका पूर्व अध्यक्ष गणेश थापाले एन्फा बैठकमा उपस्थित भएर आफ्ना भनाई राख्न गरेको अनुरोध अस्विकृत भएको छ । थापाले वर्तमान अध्यक्ष शेर्पाले आफूविरुद्ध निराधार आरोप लगाएर चरित्र हत्या गरेको भन्दै बैठकमा स्वयम उपस्थित भएर प्रष्टीकरण दिन पाउन अनुरोध गरेका थिए । थापाले एन्फाका अध्यक्ष शेर्पालगायत कार्यसमितिका सबैलाई बैठकमा आएर आफ्ना भनाई राख्ने वातावरण बनाइदिन अनुरोध गरेका थिए । 

तर एन्फाले भने फिफाबाट प्रतिबन्धमा रहेको व्यक्तिलाई औपचारिक कार्यसमिति बैठकमा उपस्थित गराउन नमिल्ने भन्दै उनका एजेन्डाले प्रवेश नपाउने जनाएको छ ।

नेम्वाङले थप्न चाहेका एजेन्डा :

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को कान्तिपुर टिभीसँग भएके सम्झौता सम्बन्धमा ।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को गेट टिकट विक्री सम्बन्धि भएको सम्झौता सम्बन्धमा ।

वर्ष खेलाडी र लाइफटाइम एचिभमेन्ट पुरस्कार सम्बन्धमा ।

प्रशिक्षकहरुको तलववृद्धि सम्बन्धमा ।

राखेप, एएफसी र फिफाबाट पारित विधान सम्बन्धमा ।

एन्फाले भाडामा लिएको घर (फ्ल्याट) सम्बन्धमा ।

खड्काले थप्न चाहेका एजेन्डा :

भक्तपुर जिल्ला फुटबल संघ सम्बन्धि ।

शेर्पा आउटडोर स्पोर्टस गुड्स इन्डस्ट्रिज, भाटभटेनीसँगको सम्झौता सम्बन्धमा ।

लिग संयोजक विज्ञानराज शर्माज्यूले खेलाडी डटकम  www.kheladi.com मा दिएको अभिव्यक्ति सम्बन्धमा ।

१९औं साधारणसभाले ११ जिल्लालाई ५०/५० लाख दिने निर्णय सम्बन्धमा ।

रौतहटको प्रोजेक्ट सम्बन्धमा ।

एन्फा कर्मचारीको सम्झौता पत्र सम्बन्धमा ।

राईले थप्न चाहेका एजेन्डा :

त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट विक्री वापत प्राप्त रकम सम्बन्धमा ।

केन्द्रिय निर्वाचन समिति गठन सम्बन्धमा ।

विषय सुची संसोधन सम्बन्धमा (विषय सुची नम्बर १३) संघको नियमित साधारण सभामात्र उल्लेखित भएको हुँदा संघको निर्वाचन मिति घोषणा सहितको विषय सुची संसोधन सम्बन्धमा

लामाले थप्न चाहेका एजेन्डा:

पेश्की तथा सापटी सम्बन्धमा ।

हवाई टिकट सम्बन्धमा ।

फुटसल लिगका लागि टर्नपाइकसँगको सम्झौता सम्बन्धमा ।

फिनान्स डिरेक्टर सम्बन्धमा ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP