वैशाख २८, २०८२ आइतबार | ०९:५३:५४
एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा

चेल्सीको सहज जित

लन्डन । टोटनहममाथि सहज जितसहित चेल्सीले इङ्लिस लिग कपको फाइनल प्रवेश सम्भावना बलियो पारेको छ ।

बिहीबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनल पहिलो लेगमा चेल्सीले टोटनहमलाई २-० ले हराएको हो । टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेलाई भने पूर्व क्लबविरुद्धको भेट सुखद हुन सकेन । 

चेल्सीका प्रशिक्षक थोमस टचेलले टोटनहमविरुद्धको खेलमा  स्ट्राइकर रोमेलु लुकाकुलाई टोलीमा समावेश गरेका थिए ।

लुकाकुलाई टचेलले आइतबार इङ्लिस प्रिमिय लिग अन्तर्गत लिभरपुलविरुद्धको खेलमा टोलीमा राखेका थिएनन् । लुकाकुले हालै दिएको एक अन्तरवार्ताका क्रममा आफू स्टामफोर्ड ब्रिजमा खुशी नभएको बताएका थिए । 

तर बुधबार चेल्सी समर्थकसँग लुकाकुले माफी माग्दै आफ्नो भनाईको गलत व्यख्या गरिएको दाबी गरेका थिए ।

पाँचौ मिनेटमा काई हाभार्टजले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ३४औं मिनेटमा टोटनहमका बेन डेभिसको आत्मघाती गोलमा चेल्सीले अग्रता दोब्बर पारेको थियो ।

टोटनहमले सन् २००८ मा इङ्लिस लिग कपको उपाधि जितेपछि कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन । सेमिफाइनल पहिलो लेगमा चेल्सीलाई नतिजा सुम्पिएपछि टोटनहमको उपाधि खडेरी अझै कायम रहने सम्भावना बढेको छ ।

यी दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार टोटनहमको घरेलु मैदानमा हुनेछ ।

खेलाडी र कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टी भएपछि बिहीबारका लागि तय लिभरपुल र आर्सनलबिचको दोस्रो सेमिफाइनल भने आगामी साताका लागि सारिएको छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP