सहिद स्मारक ‘ए’ डिभिजन लिग

सातदोबाटो र हिमालयन शेर्पा भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार सातौं चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दैछ ।

लिगमा उत्कृष्ट सुरुआत गरे पनि सातदोबाटोले पछिल्लो तीन खेलमा भने स्वभाविक लय भेट्टाउन सकेको छैन । सातादोबाटो ६ खेलमा समान दुई जित, बराबरी र हारको नतिजापछि आठ अंकसहित तालिकाको सातौ स्थानमा छ । 
मातृशोकका कारण सातदोबाटोका प्रशिक्षक मेघराज केसी यस खेलमा भने अनुपस्थित हुनेछन् । केसीको आमाको आइतबार बिहान निधन भएको थियो ।
हिमालयन शेर्पा भने पछिल्लो दुई खेलमा हात पारेको जित लयको निरन्तरता चाहन्छ । हिमालयन शेर्पा पनि ६ खेलमा समान दुई जित, बराबरी र हारको नतिजापछि आठ अंकसहित आठौं स्थानमा छ । 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा दिउँसो एक बजे हुनेछ ।