चैत्र ७, २०८१ बिहीबार | १९:३१:४४
नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने बार्सिलोनाको सहज जित आइपिएलमा पाँच नयाँ कप्तान नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने बार्सिलोनाको सहज जित आइपिएलमा पाँच नयाँ कप्तान

चेल्सी र लिभरपुलले अंक बाँड्दा सिटीलाई फराकिलो अग्रता

लन्डन । माटियो कोभासिचले सिजनकै उत्कृष्ट मध्यको एक गोल गरेपछि चेल्सीले इङ्लिस प्रिमियर लिगमा आइतबार लिभरपुललाई २-२ को बराबरीमा रोकेको छ ।

साडियो माने र मोहम्मद सलाहाको गोलमा स्टामफोर्ड ब्रिजमा २-० को अग्रता लिदै लिभरपुल सहज जिततर्फ लम्पिएको थियो । तर पहिलो हाफको अन्तिम समयमा दुई गोल गर्दै चेल्सी खेलमा फर्किएको थियो ।

दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको लिभरपुलले अंक बाँडेपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको अग्रता १० अंकमा पुगेको छ । सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ ।

 सिटीले शनिबार आर्सनललाई हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको थियो ।  चेल्सी ४३ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ४२ अंक छ । लिभरपुलले सिटी र चेल्सीको भन्दा एक खेल कम खेलेको छ । 

नवौं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लियो । २६औं मिनेटमा सलाहाले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 
४२औं मिनेटमा कोभासिचको गोलमा चेल्सीले खेलमा फर्कने संकेत गरेको थियो । कोभासिचले २० यार्ड टाढाबाट गरेको भली प्रहाले सोझै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा चेल्सी खेलमा फर्किएको थियो ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा लिड्स युनाइटेडले बनर्लीलाई ३-१ ले हरायो ।

 


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC