लन्डन । कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेपछि इङ्लिस प्रिमियर लिगका केही खेल स्थगित भएका छन् । जसका कारण विगतको तुलनामा यसपाली ‘बक्सिङ डे’को रमाइलोमा कमी हुने निश्चित छ ।
क्रिसमसको भोलिपल्ट युरोपेली मुलुकमा मनाइने ‘बक्सिङ डे’लाई इङ्लिस फुटबल जगतमा पनि हौसलाका साथ मनाइन्छ । सामान्य समयमा आइतबार र शनिबार दुई दिन हुने खेलहरू बक्सिङ डेमा भने एकै दिन १० खेल खेलाइन्छ ।
आज पनि २६ डिसेम्बर अर्थात बक्सिङ डे र प्रिमियर लिगमा आज हुने तय भएका ८ मध्ये पाँच खेल हुनेछन् । र, हालसम्म बक्सिङ डेमा सर्वाधिक गोल गर्ने खेलाडीको सूची यस्तो छ ।
१. रोबी फलर– ९ गोल
२. ह्यारी केन–८ गोल
३. रोबी किन– ८ गोल
४. एलान सेरर– ८ गोल
५. थिएरी अनरी– ७ गोल
६. जर्मियन डेफो– ६ गोल
७. डिमिटार बर्बाटभ– ५ गोल
८. एन्ड्रिउ कोल– ५ गोल
९. स्टेभन जेरार्ड– ५ गोल
१०. फ्रान्क लाम्पार्ड– ५ गोल