वैशाख २८, २०८२ आइतबार | १७:०९:०८
सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

जितपछि प्रशिक्षक राई भन्छन्- च्यासलले राम्रो खेल्यो

काठमाडौं । हिमालयन शेर्पा क्लबका मुख्य प्रशिक्षक युगल किशोर राईले जितका बाबजुद च्यासल युथ क्लबले शनिबार राम्रो प्रदर्शन गरेको बताएका छन् ।

सहिद स्मारक ए डिभिजन लिग- छैटौं चरणअन्तर्गत शनिबार दशरथ रंगशलामा भएको खेलमा शेर्पाले च्यासलविरुद्ध ३-१ गोलको नतिजामा सहज जित निकालेको थियो । सोही खेलपछि शेर्पाका प्रशिक्षक राईले आजको खेल ४०/६० भएको प्रतिक्रिया दिए ।

'हार जित भइहाल्छ मैले पहिलेदेखि नै भन्दै आएको छु,' उनले भने, 'आज च्यासलले खेल राम्रो खेलेको हो तर नतिजा हाम्रो पक्षमा रह्यो र यो स्तरमा नतिजा नै महत्त्वपूर्ण हुन्छ ।'

आफ्नो टोलीमा 'सिस्टम' लागू हुन समस्या भइरहेको प्रशिक्षक शेर्पाले बताए । यद्यपि, आजको खेलमा गोल निस्किएको र तीन अंक आएकाले यसलाई निरन्तरता दिन टोलीले प्रयास गर्ने उनको भनाई थियो ।

यस्तै, च्यासका मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले पनि जावलाखेलविरुद्धको तुलनामा आजको खेलमा आफ्नो टोलीले राम्रो खेले पनि नतिजा दिन असफल रहेको स्वीकारे ।

'हाम्रोलागि महत्त्वपूर्ण खेल थियो,' उनले भने, 'हारको दु:ख त छ नै तर जावलाखेलविरुद्धको भन्दा आजको खेल राम्रो थियो ।'

खेलाडीहरू एक भएर खेल्न थालेकोमा आफू खुशी भएको प्रशिक्षक साहुखलले बताए ।

सुरुआती ६ खेलमा १ मात्र जित निकाल्न सक्दा टोलीमा दबाब उत्पन्न भएको र आफ्नो भूमिकाबारे आफैँले सोच्ने समय आएको उनले बताए ।

'निश्चय नै यो कठिन परिस्थिति हो । अपेक्षा परिपूर्ती भएको छैन, अब म आफैँले पनि म टोलीलाई केही दिन सक्दिन भने टाढा भएर पो फाइदा हुन्छ कि भनेर सोच्ने बेला भएको छ,' उनले भने, 'हामीले आज पनि धेरै गल्ति गर्यौं । हामीले फर्म पकड्न सकेका छैनौं ।'

च्यासल संघर्षपूर्ण परिस्थितिमा पुगे पनि एक खेलबाट यू-टर्न गर्न सक्ने उनले बताए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP