वैशाख २८, २०८२ आइतबार | २२:३१:२६
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

सहारा युकेको अध्यक्षमा कुसाङ गुरुङ निर्वाचित

काठमाडौं । ले. री. कुसाङ गुरुङको अध्यक्षतामा सहारा यूकेको १३औं साधारणसभाले शनिबार आगामी दुई वर्षका लागि १९ सदस्यीय कार्यसमितीको चयन गरेको छ ।

आगामी २०२२ देखि २०२३ सम्मका लागि चयन भएको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी कृष्ण गुरुङले पाउँदा महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ निर्वाचित भए ।

यस्तै सहारा एफसी चेयरमेनमा शारदा गुरुङ, सहारा एफसीको सिइओमा क्या.री.पिताम्बर गुरुङ, स्पोर्टस सेक्रेटरीमा अनिल गुरुङ र युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय सर्वसम्मत निर्वाचित भएको सहारा युकेले जनाएको छ ।

यसैगरी सदस्यहरुमा मिलन गुरुङ, मञ्जु गुरुङ राई, सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, शम्शेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ छानिएका छन् ।

सन् २००८ मा नवीन गुरुङको अध्यक्षतामा स्थापित सहारा युके सहारा क्लब पोखराको बेलायत क्षेत्रको भगिनी क्लब हो । संस्थापक अध्यक्ष नवीन गुरुङले पहिलो तीन कार्यकालको ६ वर्षसम्म नेतृत्व गरेपछि सन् २०१५-२०१६ को कार्यकालमा अध्यक्षको हैसियतमा दीलिप गुरुङ ‘एमविई’ले सहारा युकेको नेतृत्व गरेका थिए ।

त्यसपछि २०१७-२०१८ को कार्यकालमा मिनबहादुर गुरुङ तथा २०१९-२०२१ मा कुमार गुरुङले अध्यक्षको रुपमा क्लबको नेतृत्व गरेका थिए । गत वर्ष नै साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुपर्ने भए पनि कोभिड १९ को महामारीका कारण गत वर्ष साधारणसभा हुन सकेको थिएन ।

अध्यक्ष कुमार गुरुङले उदघाटन गरेको कार्यक्रममा शनिबार सहारा यूकेका संस्थापक सल्लाहाकार तथा सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, संस्थापक अध्यक्ष नवीन गुरुङ र पूर्वअध्यक्ष मिनबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै आगामी दिनमा सहारा युकेले खेल्नु पर्ने विभिन्न विषयमा आफ्ना भनाइ राखेका थिए ।

साधारणसभाको अवसरमा सहारा युकेले हरेक वर्ष प्रदान गर्दै आएको सहारा युके अवार्ड यो वर्ष मरणोपरान्त धनु पुरन थकालीलाई प्रदान गरिएको थियो । सहारा युकेको महासचिव पदमा कार्यरत रहेकै वेला थकालीको गत असोज २१ गते उपचारको क्रममा ५२ वर्षको उमेरमा बेलायतमा निधन भएको थियो ।

पूर्व अध्यक्ष दिलीप गुरुङ ‘एमविइ’को संयोजकत्वमा सन २०१९-२०२१ का लागि गठित अवार्ड कमिटीले थकालीलाई मरणोपरान्त सहारा युके अवार्ड २०२१ बाट सम्मान गर्ने निर्णय गरेको थियो । अवार्ड कमिटीमा सहारा युकेका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष ले.री.कुसाङ गुरुङ, सचिव वाचस्पती रेग्मी, संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्ष मिन गुरुङ र संस्थापक सल्लाहकार महेश गुरुङ थिए ।

सहारा यूकेले आफ्नो कार्यसमितिभित्र रहेर उल्लेखनीय योगदान गर्ने सदस्यहरुलाई हरेक वर्ष सहारा यूके अवार्ड र सहारा यूके स्पेसल अवार्डबाट सम्मानित गर्दै आइरहेको छ । अहिलेसम्म सहारा युके अवार्डबाट १२ जना तथा सहारा युके स्पेसल अवार्डबाट ६ जना सम्मानित भएका छन् ।

सहारा युकेका संस्थापक नवीन गुरुङलाई लामो समय अध्यक्षको पदमा रहेर भूमिका खेलेको भन्दै सन २०१४ मा ‘लङ्ग स्टान्डिङ प्रेसिडेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP