मंसिर ५, २०८२ शुक्रबार | ०७:१३:३४
एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित

एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो सिजन पोखरा एभेन्जर्सले बिर्सनलायक प्रदर्शन गरेको थियो । सुरुआती दुई खेल गुमाएको पोखराले त्यसपछि थप तीन खेलमा नतिजा ल्याउन सकेन । परिणामस्वरुप टोली अंकतालिकाको पुछारभन्दा एक स्थान माथि रह्यो ।

सिजन २ मा पनि पोखराले सुखद सुरुआत गर्न सकेन । पहिलो खेलमै विराटनगर किंग्ससँग ५३ रनको फराकिलो हार बेहोर्यो । विराटनगरले प्रस्तुत गरेको २२१ रनको र्कीतिमानी लक्ष्य पूरा गर्न पोखरालाई सहज थिएन । यद्यपि पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदा १६७ रन जोड्न सफल भयो ।

सुदूरपश्चिम रोयल्सविरुद्ध पोखराले शुक्रबार आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहँदा ‘मोटिभेटिङ फ्याक्टर’ यही हुनुपर्छ । पोखरासँग लगातार दोस्रो खेलमा पराजित हुनुपर्ने डर छ । किनभने सुदूरपश्चिम कागजमा निकै बलियो छ । अनि सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौंविरुद्ध २९ रनको सानदार जित हासिल गरेको थियो ।

अर्धशतकीय पारी खेलेका कप्तान कुशल भुर्तेल १५औं ओभरको पहिलो बलमा पवेलियन फर्किएका थिए । खेलपछि उनले आफू अन्तिम ओभरसम्म टिकेको भए खेल पोखराको पक्षमा जानसक्थ्यो भन्ने तर्क दाबीका साथ भनेका थिए । सुदूरपश्चिमविरुद्ध पोखराका हेर्नलायक खेलाडी भुर्तेल नै हुन् ।

काठमाडौंविरुद्ध सुदूरपश्चिमको शीर्षक्रम धरासायी बनेको थियो । ओपनरद्धय योस ब्राउन र विनोद भण्डारी ‘डक आउट’ भएका थिए । त्यस्तै तेस्रो नम्बरका ब्याटर क्रिस लिनले दुई रनमा आउट भए । पारीलाई कप्तान दीपेन्द्रसिंह ऐरि र हर्मित सिंहले उकासेपछि टोली प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भएको थियो । अर्धशतकीय पारी खेलेका हर्मितले पछि बलिङमा दुईपटक सुदूरपश्चिमलाई ‘ब्रेक थ्रु' पनि दिलाए । पोखरा हर्मितसँग सजग रहन आवश्यक छ ।

साबिक उपविजेता सुदूरपश्चिमले अघिल्लो सिजन स्कट कुगुलेइनको सानदार बलिङप्रेरित पोखराविरुद्ध पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो । यसपाली पनि सुदूरपश्चिमले बलिङमा उनीमाथि नै भर गरेको छ । काठमाडौंविरुद्ध कुगुलेइनले पनि दुई विकेट लिएका थिए ।

प्रतियोगिताको पाँचौं दिनको यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।


भिडियो
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS